---Advertisement---

नेशन पुनले गाए लोकप्रिय सालैजो ‘त्यो रानी वनको तिरतिरे धारा.. (भिडियो)

On: March 20, 2020 11:50 AM
Follow Us:

मगर समुदायको भेषभुषा र जीवनशैली, भाङ्ग्रा, शीरमा टोपीमा सजिएका नेशन पुनले कुनै जमनामा म्याग्दीको ग्रामिण क्षेत्रमा उकाली–ओराली गर्दा, घाँसदाउरा, पराल बोक्दा, खेतबारी र चौतारीमा थकाइ मार्दा देखि मेलामा गुञ्जिने सालैजो भाकालाई नेपाल आइडलको मञ्चबाट सम्झना दिलाए । सहरबजादेखि दुर्गम बस्तीसम्म रेडियो नेपालबाट, टेपमा क्यासेट राखेर समेत बजाउने सालैजो गीतमा सजिएका धुनले लोकसंगीतका पारखीलाई जोड्न सफल भएको थियो ।

https://youtu.be/NluJiT3YGbc

नेपालका निकै लोकप्रिय गायक खडग गर्बुजाको सालैज्यो भाका गाएर हरेक गीतले म्याग्देली लोकसंगीतलाई जोड्ने गरेको अवस्थामा नेपाली टेलिभिजन इतिहासमा सर्वाधिक लोकप्रिय र सफल इन्टरनेशनल फ्रान्चाइज सिङ्गिङ रियालिटी शो नेपाल आइडलको तेस्रो संस्करणमा समेत म्याग्देली नेशन पुनले उक्त गीतलाई पुनः चर्चामा ल्याए। आधुनिक गीत, पश्चिमा संस्कृतिमा रुमलिएका यूवापुस्तालाई सालैजो भाकाको विषेशतालाई समेत जोड्न सफल भए । ‘त्यो रानी वनको तिरतिरे धारा, सालैजो पानी खायो बाघैले’ सालैजो भाकालाई दमदार रुपमा प्रस्तुत गरेका पुनलाई निर्णायक देखि दर्शकसम्मले साथ दिए।

नेपाल आइडलमा पप गायकको रुपमा चर्चा गरिएका पुनले पछिल्ला तीनवटा प्रस्तुतीमा बालबालिका देखि बृद्धबृद्धाले रुचाइरहेका गीतहरु प्रस्तुत गदैं नेपाली मौलिक कला र संस्कृतिको जर्गेना गर्न नेपाल आइडलको मञ्चलाई प्रयोग गरेका छन्।नेपालमा सलैजो भन्नेबित्तिकै सबैले सम्झने गीत नै प्रस्तुत गरी दर्शकको मन जित्न सफल भएका पुनले म्याग्दीको सदरमुकाम बेनीमा हुने महोत्सव गाउँका सांस्कृतिक कार्यक्रमहरुमा करिव डेढदशक एकछत्र राज गदैं घन्किएको गीतबाट आफ्नो यात्रालाई थप बलियो बनाउँने प्रयास गरे।

बिहिबारको प्रस्तुतीमा जजहरू न्ह्यू वज्राचार्य, इन्द्रिरा जोशी र कालिप्रसाद बास्कोटालाई समेत नचाए।पुन नेपाल आइडलको उत्कृष्ट ४ मा सुरक्षित भएका छन् । नेशन उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, चित्रेका हुन् ।नेशनका बुुबा म्याग्दीका विभिन्न सडकमा सर्वाजिक यातायातको चालकको रुपमा चिनिएका थिए ।

नेशनको नजरमा लोकप्रिय पुराना गीत
नेपाल आडडलको सुरुवातमा आधुनिक तथा पप भर्जनको गीतलाई प्राथमिकता दिएका पुनले पछिल्ला गीतहरु गण्डकी प्रदेशमा लोकप्रिय मानिएका पुराना गीतहरुलाई रोज्ने गरेका छन् । सर्वाधिक रुपमा रुचाइएको चर्चित लोक गायक प्रजापति पराजुलीको ‘के खान्छौ कमला, सुन्तला कि अमला’ गीत गाए । लोकक्षेत्रका नक्षेत्रका रुपमा रहेका प्रजापतिलको रोइला र भगवनाको नाममा स्तुती निकाल्दै भजनबाट सुरु गरेको गीतले नेशनलाई उत्कृष्ट प्रस्तुतीको रुपमा नगद पुरस्कार समेत जिते ।

अर्को प्रस्तुतीमा पोखराको लोकप्रिय ब्याण्ड ‘कन्दरा’ को ‘तिमी पारी त्यो गाउँमा“ गीतमा दमदार प्रस्तुती गरेका थिए । करिब २५ बर्ष अगाडि रेकर्ड गरेको कन्दरा ब्याण्डको गीतले समेत उनले गण्डकी प्रदेशका दर्शकलाई दुईदशक अगाडीको गीतको सम्झना समेत दिलाए । नेशनले हिमाल,पहाड र तराईलाई जोड्ने कला र संस्कृति जोडेर गीतलाई स्थान दिएका छन् ।उनले आफ्नो सांगीतिक यात्रामा धौलागिरि क्षेत्रमा निकै लोकप्रिय सालैज्यो भाका गायक खडग गर्बुजाका अन्य लोकप्रिय गीतहरु ‘सोले डाँडा काटयो मायाले’ र ‘जाउँला पाखापानी मामाकी छोरी लिन’ लगायत अन्य गीतहरुलाई समेत आफ्नो प्रस्तुतीको रोजाईमा पारेका छन् । नेपाली संगीतको बृहत् रियालिटी सो ‘नेपाल आइडल’मा म्याग्देलीलाई जिताउन सबैलाई भोटिङ अभियानमा सहयोग अभियान समेत तिब्रता दिइएको छ।

 

 

हरिकृष्ण गौतम

हरिकृष्ण गौतम बेनीअनलाइनका संस्थापक सदस्य हुनुहुन्छ।