म्याग्दी आसपासका क्षेत्रमा शुक्रबार दिउँसो भिषण बर्षाले जनजीवन अस्तब्यस्त भएको छ । जिल्लाको अधिकांस स्थानमा हुरीका साथै भिषण बर्षा र अनिसानापानीले अन्नबाली समेत नष्ट भएको छ भने गन्तब्यमा हिडेका सर्वसाधारण अलपत्र परेका छन् ।

एक्कासी बर्षासँगैको हावाहुरी, असिनापानीको क्षतीका बारेमा जानकारी प्राप्त नभएपनि मौसममा देखिएको परिवर्तनले विश्ब्यापी रुपमा फैलिएको कोरोना भाइरसको त्रास थप थपिएको छ । केहीदिन मौसम सफा रहने अनुमान गरिएपनि बर्षाले ग्रामिण क्षेत्रका सडक हिलाम्मे भएका छन् भने हावाहुरीले क्षती पुगेको छ ।

हुरीले ग्रामिण क्षेत्रमा विद्युतको पोलमा क्षती पुगेपछि बिद्युत सेवा समेत अवरुद्ध भएको थियो । बेनीबजारमा भने विद्युत सेवा सुचारु रहेको छ। ठूलो आवाज आउने गरी परेको चट्याङले समेत सर्वसाधारण त्रसित भएका छन् ।

Leave a Reply