कोरोना भाइरसको संक्रमणबाट जोखिन बेनी नगरपालिका वडा नं ६ ले साबुन पानीले हात धुने र माक्स वितरण अभियान सञ्चालन गरेको छ । वडा अध्यक्ष कृष्ण बानियाँले वडाभित्रका विभिन्न बस्तीमा जनचेतनामुलक कार्यक्रम सहित कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिमलाई मध्यनजर गरी कार्यक्रम सुरु गरिएको बताए ।

उनले सामाजिक सञ्जालमार्फत सहयोग संकलन गरी अभियान सुरु गरेको बताए । हालसम्म जिसी क्रसर उद्योगका सञ्चालक नारायण जिसीले ४० हजार बराबरको साबुन खरिद गर्ने सहयोग गरेका छन् ।अभियानमार्फत संकलन भएको साम्रागीलाई अर्थुङ यूनाइटेड क्लव, अर्थुङे सामुदायिक यूवा क्लव, छापा यूवा क्लवका साथै थाकनपोखरी, छापा, नेपाने, गुफा, डम्बरा, चुत्रेनी, कोटेसाङ्गु लगायतका स्थानमा वितरण गरिने छ ।

मास्क वितरण र साबुन पानीले हात धुने अभियानामा सकेसम्म स्वास्थ्यकर्मी वा जानकारहरुलाई समेत सहयोगको अपिल गरिएको छ। कोभिड–१९ को जोखिम न्यूनिकरणको अभियानमा म्याग्दीमा प्रभावकारी कार्यक्रम भने हुन सकेका छैनन् ।

Leave a Reply