शुक्रबार दिउँसो भिषण बर्षाले बेनी नगरपालिका–७, महारानीथान स्थित माउण्ट एभरेष्ट आवासीय माविको कम्पाउण्ड वालको एक भागमा क्षती पुगेको छ। बर्षासँगै बेनी–महारानी सडकखण्ड नजिकको वालमा असर गरेको विद्यालयका प्रधानाध्यापक राजु केसीले बताए । उनका अनुसार कम्पाउण्ड वालको माथिल्लो भाग भत्किएर सडक अवरुद्ध भएको थियो।‘पर्खाललाई भोलीदेखि नै मर्मतको काम गछौ,‘कम्पाउण्डवाल बाहेक कुनै क्षती छैन्’ उनले भने। सडकसँगै जोडिएको अवस्थामा अवरुद्ध भएको सडक तत्कालै विद्यालयकै पहलमा अवरुद्ध पन्छाएर सुचारु गरिएके छ। विद्यालयको मुख्य भवन लगात आसपासका क्षेत्रमा कुनै असर नगरेको विद्यालयले जनाएको छ । जेसिबीले सडकको अवरुद्ध हटाएसँगै बेनी देखि अर्थुङे–पाखापानी सडक सञ्चालनमा आएको छ । सडकखण्डमा साना सवारीसाधन सहित ठूला बस तथा ट्रकहरु समेत आवतजावत गरेका छन् । करिव २० लाखको हाराहारीमा क्षती भएको विद्यालयले जनाएको छ । यसैबीच बर्षासँगै जिल्लाको अधिकांस स्थानमा हुरीका साथै भिषण बर्षा र अनिसानापानीले अन्नबाली समेत नष्ट भएको तथ्याङ्क संकलन भइरहेको छ ।

Leave a Reply