कोभिड–१९ कोरोना भाइरसका कारण सरकारले नेपालभित्र चल्ने लामो दुरीका बस सेवा रोक लगाउने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधनको क्रममा सरकारले चैत १० गतेदेखि लामो दुरीका सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाएको छ ।

प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्वोधनको क्रममा राजपत्रमा प्रकाशित अत्यावसेक सेवा बाहेक संघ, प्रदेश र स्थानीय तहबाट उपलब्ध हुने सम्पूर्ण सेवाहरुलाई आगामी चैत्र ९ गतेदेखि २१ गतेसम्मका लागि बन्द गरिएको छ । त्यस्तै चैत्र ९ देखि १८ गतेसम्म नेपाल भित्रिने हवाई आगमनलाई समेत रोक लगाइएको छ ।

‘यो बाध्यकारी अवस्था आएको छ,‘कानुनको उल्लघन गर्नेलाई कडा कारवाही गरिने छ’ प्रधानमन्त्री भन्नभुयो। सम्बोधनको क्रमा सिमा नाकाबाट यात्रुको सुरक्षालाई प्राथमिकता दिदैं नेपाल भारतको सीमाबाट निर्वाध रुपमा चलिरहेका बस सेवालाई समेत रोक्न बताउनुभएको छ ।

सरकारले कोरोना भाइरस (कोभिड(१९) बाट बचावटको लागि विभिन्न सावधानीहरुमा सहयोग गर्ने अनुरोध गदैं विदेशबाट आएकालाई घरभित्र कम्तिमा १४ दिन सेल्फ क्वाराइटाइनमा बस्न समेत प्रधानमन्त्री ओलीले अनुरोध गर्नुभएको छ । विदेशमा रहेका नेपालीलाई आवश्यकता अनुसार सम्बन्धित देशमा रहेको दुतावासमा सम्पर्क गर्न समेत अनुरोध गर्नुभएको छ । यसैबीच सार्क राष्ट्रले कोरोना भाइरसको महामारीसँग लड्न नेपालले संयुक्त कोषमा १० करोड सहयोग गरेको छ ।

Leave a Reply