विश्वमा बढ्दै गैरहेको कोरोना भाइरस (कोभिड–१९) को त्रासका बिच म्याग्दीमा दादुरा–रुबेला खोप अभियानलाई कुनै असर नगर्ने स्वास्थ्य कार्यालयले जनाएको छ । सरकारको राजपत्रमा भएबा १९ सेवा भित्र पर्ने स्वास्थ्य सेवाका कार्यक्रमहरु नियमित गर्ने पत्रचार गरिएकाले जिल्लामा दादुरा–रुबेला खोप अभियानसम्बन्धी पालिकास्तरीय योजना तर्जुमा गोष्ठी सञ्चालन भइरहेको छ ।

सन् २०२३ सम्म दादुरा–रुबेला निवारण गर्ने उद्देश्यले खोप अभियानसम्बन्धी कार्यक्रममा समेत सचेतना कार्यक्रम गरिएको बताउँदै शुक्रबारसम्म कार्यक्रम स्थगित सम्बन्धित कुनै सूचना नआएकाले अभियानलाई तिब्रता स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्सालले बताए ।

उनले खोप अभियानको क्रममा कोरोना भाइरस संक्रमणको जोखिमलाई ध्यान दिने बताए । जिल्लाका ६ वटा स्थानीय तहमध्ये पहिलो चरणमा धवलागिरी, मालिका र मंगला गाउँपालिकामा चैत्र १० देखि १९ गते र दोस्रो चरणमा बेनी नगरपालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकामा चैत्र २० देखि २९ गतेसम्म खोप लगाईने छ ।

साविकको एक गाविसका ९ वडामा पुग्ने गरी हरेक वडामा कम्तिमा ९ वटा खोप केन्द्र हुने बताए । खोप केन्द्रमा २ सय खोपकर्ता सँगै ३ सय ७० स्वास्थ्य स्वयमसेवकीहरु परिचालन गरिने छ। ज्वरो सँगै शरिरमा राता फोकाहरु आउने लक्षण दादुराको हुन्छ भने हाडजोर्नी सुन्नीने, रक्तश्राब हुने र मष्तिस्कमा असर पार्ने जस्ता रुबेलाको लक्षण हुने बताइन्छ ।

दादुरा–रुबेलाको विषयमा अन्तत्र्रिmया एवं छलफल गर्नुका साथै विश्वमा बढ्दै गैरहेको कोरोना भाइरस (कोभिड–१९)को विषयमा पनि सचेतनाको विषयमा जानकारी गराइने स्वास्थ्य कार्यालयले जनाएको छ ।

Leave a Reply