कोरोना भाइरस संक्रमण (कोभिड–१९)को त्रास बढ्दै गएपछि म्याग्दीको बेनी नगरपालिका–९ मा अवस्थित प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाम मन्दिरमा हुने भजन–कीर्तन गायनका साथै धार्मिक प्रवचन रोकिएको छ ।

दैनिक मन्दिरमा भगवानको पूजा आराधनासँगै समुहमा भजन गाएर बस्ने गरेको अवस्थामा नियमित पूजा बाहेक अन्य धार्मिक गतिविधि अर्को सूचना सार्वजनिक नहुदासम्मका लागि बन्द गरिएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका कार्यालय सचिव राम बहादुर बानियाँले बताउनुभयो ।

कोरोना भाइरसके संक्रमणको जोखिमलाई मध्यनजर गरी ज्येष्ठ नागरिक आश्रमभित्र बसोबास गर्ने बृद्धबृद्धालाई समेत आफ्नो कोठामा बस्न समेत अनुरोध गरिएको छ । आश्रमभित्र रहेको प्राथमिक स्वास्थ्य केन्द्रबाट बृद्धबृद्धालाई नियमित उपचार तथा आश्रमा बाहिरबाट आउनेलाई भोजन, भण्डारा, जमघट समेत बन्द गरिएको जनाइएको छ ।

विभिन्न जिल्लाबाट गलेश्वर तथा मुक्तिनाथ मन्दिरको दर्शनका लागि आउनेहरुलाई निशुल्क भोजनको सुविधा भएको अवस्थामा भाइरसको संक्रमण फैलिनसक्ने भएकाले सर्तकता अपनाइएको छ ।

कृष्णागण्डकीवाट उठेर ९ रोपनी चट्टानमा फैलिएको एउटै प्रसिद्ध गोलाकार चक्रशिलाको उत्तरपूर्वी कोणमा अवस्थित मन्दिर भित्र स्वयम् उत्पत्ति ज्योतिर्लिङ्गेश्वर महादेव विराजमान भएको क्षेत्रमा भगवानलाई खुशी पार्ने उद्देश्यले मन्दिरमा पूजाआजका साथै भजनमा सहभागी हुन बाहिर जिल्ला हरेक दिन भक्तजन आउने गरेका छन् ।

Leave a Reply