विश्वकै लामो र अग्लो दाबी गरिएको कुश्मामा संचालित बन्जी जम्पको सफल परिक्षण गरिए संगै बन्जी गर्नेहरुको पनि भिड लाग्न थालेको छ । शनिबार एकसय २२ जना प्रहरीले एकै पटक बन्जी गरेका छन् । नेपाल पुलिसका असई पोष्टमा रहेका १ सय २२ जनाले कमाण्डर तालिमको लागि बन्जी गरेको बञ्जी संचालक युवराज जोशीले जानकारी दिनुभयो ।

संचालक जोशीका अनुसार सबै असई पोष्टका रहेका छन् भने उनिहरु देशभरीबाट छनोटमा परी आएका हुन्।युवा ब्यवसायी राजु कार्कीको अगुवाईमा कुश्माका स्थानीय युवाहरु सहित करिव २० करोड लगानीमा बन्जी सहित साहसिक पर्यटन शुरु भएको हो ।

यो बन्जी विश्वकै दोस्रो अग्लो बन्जीको रुपमा दाबि समेत गरीएको छ । कालीगण्डकीको खोंचमाथि ५२५ मिटर लामो स्टीलको पुल बनिसकेको छ । नौलो प्रविधिको लठ्ठामा झुण्ड्याइएको पुलबाट झण्डै साढे २ सय मिटर तल बगेको कालीगण्डकीको बिचमा बन्जी गर्न मिल्नेछ ।

उक्त बन्जीमा कार्की र पर्वतका युवा व्यवसायिहरु समेतगरि ११ जनाको लगानी रहेको छ । कालीगण्डकीको खोंचमा कुश्मा र बागलुङको बलेवालाई जोडेर २२८ मिटर उचाइबाट बन्जी गर्न मिल्नेगरि व्यवसायीले लगानी गरेका हुन् ।

बन्जीको निर्माण कम्पनी द क्लिफ प्रालिका अध्यक्ष एवं मुख्य लगानीकर्ता राजु कार्कीले यहि माघ १६ गते बिहिबार बिहान १० बजेर ५ मिनेट जाँदा कालीगण्डकी माथीको साढे दुई सय मिटर माथिबाट डोरीमा हाम फाली परिक्षण गरे सगै बन्जी गर्नेहरु नियमित सम्पर्कमा आईरहेका छन् । बन्जीमा कार्कीसहित कुश्माका युवराज जोशी, नेत्र पराजुली, नवराज पौडेल, राजन जोशी लगायतको लगानी छ । लगानीकर्ताहरुले करिव १५ करोडको अनुमान गरेर बन्जी निर्माण शुरु गरेका थिए । Source: samacharbani.com

Leave a Reply