अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

म्याग्दी जेसीजले नेपाली सेना र प्रहरीलाई मास्स, सेनिटाइजर वितरण

On: March 22, 2020 11:53 AM
Follow Us:
---Advertisement---

कोरोना भाइरस संक्रमण (कोभिड–१९)को त्रास बढ्दै गइरहेको अवस्थामा म्याग्दी जेसीजले नेपाल प्रहरी र नेपाली सेनालाई मास्क, सेनिटाइजर र मेडिकल पञ्जा वितरण गरेको छ । कोरोना भाइरसको संक्रमण विरुद्ध जनचेतनामुलक कार्यक्रमलाई प्राथमिकता दिएको जेसीजले आइतबार एक कार्यक्रम गरी जिल्ला प्रहरी कार्यालयमा प्रहरी निरिक्षक धुब्र शर्मा र श्रीबक्स गुल्मका लेप्टेन दिनेश जंग पाण्डेलाई अध्यक्ष सुजन बरुवालले साम्रागी हस्तान्तरण गरेका थिए । नेपाल प्रहरीलाई १ सय ३० थान मास्क, १ सय मेडिकल पञ्जा र १० वटा डिटोलको सेनिटाइजर र नेपाली सेनालाई १ सय ५५ थान मास्क उपलब्ध गराइएको थियो ।प्रहरी र सेनाले जनचेतनामुलक कार्यहरुमा सहयोग गर्नुपर्ने अवस्थामा प्रयोग गर्न सहज हुने गरी वितरण गरिएको अध्यक्ष बरुवालले बताए ।

वितरण कार्यक्रममा प्रहरी नायव उपरिक्षक किरणजंग कुवर, म्याग्दी जेसीजका निर्वतमान अध्यक्ष खम थापा लगायत पदाधिकारीहरुको उपस्थिती रहेको थियो । यसअगाडी समेत म्याग्दी जेसीजले सिंगा तातोपानीमा अवस्थित कुण्डमा स्नान गर्ने बिरामीलाई कोरोना भाइरस सम्बन्धि जानकारी गराएको थियो ।

उक्त कार्यक्रममार्फत कुण्डमा स्नन गर्ने बिरामीलाई त्यहाँ कर्मचारीले पर्चा सहित जनचेतनाको अभावका कारण संक्रमण फैलिने जोखिम रहेको बताउँदै ज्वरो आउने, रुघाखोकी लाग्ने, श्वासप्रश्वासमा समस्या देखिन सक्ने भएकाले नियमित रूपमा साबुनपानीले हात धुने, मास्क लगाएर हिँडडुल गर्ने र खोक्दा, हाच्छ्युँ गर्दा नाक मुख छोप्ने लगायत आवश्यक सर्तकता अपनाउनुपर्ने लगायतका बारेमा जानकारी गराएका थिए ।