अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

काठमाण्डौबाट बेनी आउन बसको टिकट पाउनुभएको छैन ? यो ठाउँमा जानुस् ।

On: March 22, 2020 11:58 AM
Follow Us:

विश्वव्यापी महामारी यो भाइरसको संक्रमणका कारण नेपाल सरकारले लामो दुरीका यातायातका साधनलाई आगामी चैत्र २१ गतेसम्म बन्द गर्ने घोषणा सँगै काठमाण्डौबाट घर फर्किन म्याग्दी कोरला यातायात प्रालिले थप बसको ब्यवस्था गरेको छ । यात्रुले बसको टिकट नपाएको गुनासो गर्न थालेपछिबेनीसम्म आउने गरी आइतबार रात्रीबसका लागी बेनी र काठमाण्डौको काउण्टरमा सम्पर्क गर्न आग्रह गरेको छ ।काठमाण्डौमा टिकटको अभावको खवर आइरेको अवस्थामा आइतबारको रात्री बसका लागी सम्पर्क गर्न प्रालिका अध्यक्ष सुरत केसीले अनुरोध गरेका छन्। ‘भोलीका लागी गाडी पठाइएको छैन्,‘आइतबार आउने चाहनेले सम्पर्क गर्नुहोला’ केसीले बेनीअनलाइनलाई भने ।

उनले प्रधानमन्त्रीको सम्बोधन अनुसार नै प्रालिले आफ्नो योजना बनाएको बताएपनि ट्राफिकमा जानकारी नआएकाले अन्यौल भएको बताए । उनले शनिबार र आइतबारका लागी थप बसहरु समेत काठमाण्डौ पठाइएको बताए ।

प्रशासनले समन्वय गरेमा आवश्यकता अनुसार सेवा दिन तयार रहेको जनाएको छ । माध्यामिक तथा स्नातक र स्नातकोत्तरको परीक्षा स्थगित तथा सरकारी सेवा समेत प्रवाह हुन छोडेपछि काठमाण्डौबाट धमाधम जिल्ला फर्किन थालेका छन् ।
कोरला बसमा आउन चाहनेले निम्न नम्बरमा सम्पर्क गर्नुहोला सम्पर्क स्०६९(५२१३४० र ९८५७६३०३४०