---Advertisement---

सरकारी कार्यालयमा अत्यावश्यक बाहेकका सेवा बन्द

On: March 22, 2020 6:20 PM
Follow Us:

जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सेवा बन्द गरेको जनाएको छ। कोरोना भाइरस संक्रमण (कोभिड–१९)को त्रास बढ्दै गइरहेको अवस्थामा राहदानी, नागरिकता प्रमाणपत्र, अन्य विभिन्न किसिमका सिफारित लगायत कार्यालयबाट प्रदान हुने सेवाहरु अर्को सूचना जारी नगर्दासम्मका लागि स्थगित गरिएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालद्धारा हस्ताक्षर गरेको विज्ञप्तीमा उल्लेख छ ।

त्यस्तै जिल्ला मालपोत, नापी, पशुसेवा लगायत सरकारी कार्यालय र र स्थानीय तहहरुले कार्यालय खोलेपनि अर्को सूचना जारी नभएसम्मका लागि समान्य प्रकृतिका सेवा स्थगित गरिएको जनाएका छन् ।

यता पशुसेवा तथा भेटेनरी अस्पतालले सार्वजनिक कार्यक्रम, सम्झौता लगायतका कार्यहरु बन्द गरेपनि कार्यालयबाट सेवाग्राहीलाई आवश्यक परेका अत्यावश्यक सेवाहरु उपलब्ध गराउने जनाएको छ । यता बैंक तथा वित्तिय सेवा भने निरन्तर सञ्चालन हुने जनाइएको छ । नेपाल सरकारको राजपत्रमा उल्लेखित १७ वटा सेवा अन्तरगतका सरकारी तथा निजी संस्थाको सेवा भने निरन्तर जारी रहने जनाइएको छ ।