गण्डकी प्रदेश सरकारले आज सोमबारदेखि सीमा नाका पूर्ण रुपमा बन्द गरेको छ । धौलागिरी क्षेत्रबाट पोखरा जोड्ने नाकास्याङजाको रामदी, नवलपुरको त्रिवेणी, दाउन्ने, गैडाकोट, तनहूँको मुगलीन, गोरखाको आरुघाट र बेनीघाट लगायत प्रदेश भित्रिने सम्पूर्ण नाकाहरूबाट प्रवेश रोकिने गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बताएका छन् ।

अव १५ दिन पूर्ण रुपमा आवतजावत रोकिने भएपछि सर्वसाधारण आइतबार राती नै गन्तब्यतर्फ लागेका थिए । ‘भारतीयहरू आएको आएकै छन्। संक्रमण फैलियो भने त्यसबाट जोगाउने संरचना केही छैन, सबै सचेत हुनपर्छ’मुख्यमन्त्रीले भने । चाइना जस्तो नेपाल सक्षम नभएकाले बेलैमा सचेत हुनुपर्ने उनको भनाई छ।

गण्डकी प्रदेशको यो निर्णयसँगै प्रदेश सेमिलकडाउन भएको छ। अत्यावश्यकबाहेक अन्य सेवा बन्द गर्नुलाई सेमि–लकडाउन भनिन्छ । अत्यावश्यक बाहेकका सार्वजनिक लगायत निजी कार्यालय, लामो दूरी तथा एक जिल्लाबाट अर्को जिल्ला चल्ने सार्वजनिक सवारी साधन बन्द भएका भएकाले यसलाई भिडभाड र आवतजावतमा रोक्ने कार्यको रुपमा लिइएको छ ।

कोरोना संक्रमणसँग जुध्न प्रदेश सरकारले विभिन्न योजनाहरुलाई कार्यान्वयनको चरणमा रहेको गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुनले बताईन् । उनले नाकाबन्द भएपछि आवतजावत, भिडभाड समेत नहुने भएकाले संक्रमणबाट जोखिन सहज भएको बताईन् । नाका बन्द भएपनि एम्बुलेन्स लगायतमा अत्यावेशक सेवाहरु भने सुचारु रहनेछन् ।

Leave a Reply