विश्वभर फैलँदै गैरहेको कोरोना भाइरस (कोभिड–१९)को रोकथाम गर्नका नेपाली कांग्रेसको भात्रृसंगठन नेपाल तरुणदलले गलेश्वरको बृद्धआश्रमका जेष्ठ नागरिकलाई मास्क र सावुन सहयोग गरेका छन् । बृद्धबृद्धामा संक्रमणको जोखिमलाई मध्यनजर गरी सचेतनामुलक कार्यक्रमसँगै आश्रममा रहेका ४० जना बृद्धबृद्धालाई तरुणदल म्याग्दीका अध्यक्ष मुकुन छन्त्याल, उपाध्यक्ष विश्वास श्रेष्ठ, सदस्य असल केसी, नेपाल विद्यार्थी संघका अध्यक्ष निर्मल खत्रीले मास्क र साबुन वितरण गरेका थिए । आश्रममा बस्ने केही बृद्धबृद्धा आफन्तको घरमा गएकाले भविस्यमा सबैलाई पुग्ने गरी थप सहयोग गर्ने बताइएको थियो ।

कोरोना भाइरसको उच्च जोखिमबाट बच्न तथा बृद्धबृद्धालाई नियमित हात धुनका लागी मास्क र साबुन वितरण गरिएको सदस्य अस्कल केसीले बताए । सोही अवसरमा कोरोना भाइरसको संक्रमण फैलन सक्ने जोखिम उच्च रहेकाले आवश्यक सतर्कता अपनाउन जेष्ठ नागरिक आश्रमका ब्यवस्थापन समिति, कर्मचारीलाई समेत अनुरोध गरिएको थियो ।

विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेमा अधिकांस बृद्धबृद्धा रहेको अवस्थामा नेपालमा समेत बृद्धबृद्धालाई सचेत हुन परिवारका सदस्यमार्फत नै अभियानमा ध्यान दिनुपर्ने बताइएको थियो । सोही अवसरमा भविस्यमा समेत नियमित सहयोग तथा साथ दिने तरुण दल म्याग्दीका अध्यक्ष छन्त्यालले बताए । तरुणदलले जिल्लामा सचेतनामुलक कार्यक्रमहरुमा सहभागी तथा आफ्नै अग्रसरमा सञ्चालन गर्ने जनाएको छ ।

Leave a Reply