कोरोना भाइरस संक्रमण (कोभिड–१९)को त्रास बढ्दै गइरहेको अवस्थामा म्याग्दी जिल्लामा सोमबार राती १० बजेदेखि छोटो दुरीका यातायातका साधन समेत बन्द गरिने भएको छ । सोमबार जिल्ला समन्वय समितिमा बसेको सरोकारवाला निकायको बैठकले जिल्लाभित्रका ग्रामिण सडकमा समेत सार्वजनिक सवारीसाधनलाई बन्द गर्ने लगायत ८ वटा निर्णय भएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताउनुभयो ।

सोमबार राती १० बजेदेखिे अति आवश्यक खाद्य सामाग्री, दैनिक उपभोग्यीय खाद्य बस्तुहरुका पसल बाहेक सवै बन्द गरिने बताउनुभयो । अन्तरजिल्ला संचालन हुने लामो तथा छोटो दुरीका सवारीसाधनहरु पुर्ण रुपमा बन्द गरिने भएकाले दिउँसो नै गन्तब्य तर्फ जान अनुरोध गरिएको छ । म्याग्दीलाई आगामी चैत्र २१ गतेसम्म अति आवश्यक क्षेत्र बाहेकमा गरिएको निर्णयलाई कडाईका साथ कार्यान्वयन गरिने प्रजिअ ढकालको भनाई छ ।

Leave a Reply