विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण न्यूनिकरणका लागि म्याग्दीमा भोलि मंगलबारदेखि अति आवश्यक खाद्य सामाग्री, दैनिक उपभोग्य खाद्य बस्तुका पसल खुल्ने र बन्द हुने समय समेत तोकिएको छ ।

सोमबार दिउँसो जिल्ला समन्वय समितिमा आयोजित सर्वपक्षीय भेलामा भएका निर्णयहरुमा मंगलबार देखि लागु हुने गरी दैनिक उपभोग्य बस्तु अन्तरगत पर्ने खाद्यान्न, दुध, तरकारी, फलुफुलका पसलहरू विहान १० बजे देखि दिउँसो ४ बजेसम्म खोल्ने समय तोकिएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बेनीअनलाइनलाई बताउनुभयो ।

प्रजिअ ढकालले खाद्यान्न तथा औषधी पसल बाहेक अन्य पसलहरुलाई आगामी चैत्र १९ गतेसम्म बन्द गर्ने निर्णय भएको बताउनुभयो। जनप्रतिनिधि, राजनीतिक दल, सरोकारवाला निकायसँगै जिल्लाको सुरक्षा समितिको बैठकले गरेको निर्णयहरुलाई कढाईका साथ कार्यान्वयन गरिने बताउनुभयो। ‘कुनैपनि निर्णयको उल्लंघन नगर्न अपिल गर्छु,‘कोरोनाको संक्रमण रोक्न आवश्यक सबै उपायहरुको प्रयोग गछौ’ प्रजिअ ढकालले भन्नुभयो ।

उहाँले जिल्लाका सबै स्थानीय तहमा निर्णय लागु हुने बताउनुभयो ।सर्वपक्षीय निर्णपछि बेनीअनलाइनसँग कुराकानी गदैं प्रजिअ ढकालले जिल्लाका ग्रामिण क्षेत्रमा समेत भेला नहुन, घरभित्र बस्न, विदेशबाट आएकाहरुलाई सेल्फ क्वाराइटाईनमा बस्न समेत अनुरोध गनुभएको छ ।

सदरमुकाम बेनी आसपासका क्षेत्रमा समेतमा समेत भिडभाड नगर्न अपिल गरिएको छ । निर्णयको कार्यान्वयनमा जिल्ला सुरक्षा समितिले अनुगमन गर्ने जनाइएको छ ।

Leave a Reply