कक्षा दसमा अध्ययनरत प्यारा छोराछोरीहरू ! तिमीहरू अन्तिम तयारी गरिरहेका बेला अचानक परीक्षा रोकिएको खबरले अलि नरमाइलो फिल गरेका छौ होला । त्यो खबर तिमीहरूजस्तै हामीलाई पनि मन परेको थिएन । अब मन परे पनि नपरे पनि मान्न त करै लाग्यो । बुद्धिमानीहरू समस्याबाट दुखी हुँदैनन् त्यसैमा अवसर खोज्छन् । तिमीहरू बुद्धिमानी छौ ।

अब तिमीहरू यो एसइई रोकिएकामा अवसर खोज्नू । तिमीहरूको कुन–कुन विषयमा कति आउने अनुमान थियो त्यो नम्बर बढाउने सुनौलो (गोल्डेन) समय मिल्यो नि होइन र ? अब पढ्ने टाइम नै भएन भन्ने कुरै भएन । हेर, एसइईमा सप्लिमेन्ट्री एक्ज्याम दिनेहरूले एक महिनाको समय पाउँदा म् ग्रेडलाई बढाएर ऋ अथवा त्योभन्दा माथि पु¥याएर अरु साथीहरूसँगै प्लस टु पढ्न आइपुग्थे ।अर्थात् विद्यार्थीले त्यो समयमा त्यत्रो परिवर्तन गर्न सक्थे भनेको क्या ! एक महिनामा कति गर्न सकिन्छ भने एक वर्ष पढ्ने कोर्स सब्बै एक महिनामा तयार पारेर पास हुन सकिन्छ । कम्तीमा एक महिना अब परीक्षा हुन्न । यो बेलामा त तिमीहरूले तयार गर्न बचेका केके छ्न् सब सिध्याउन सक्छौ ।

सबै सकियो भनेर ढुक्क हुनु राम्रो होइन । समय हुँदा आराम गर्नु भनेको आफैँमाथि आफू नै हराम हुनु हो । म राम अनि रामका विद्यार्थी हराम त हुनै भएन नि ! स्यालको सिकार गर्न बाघको सरजाम भने झैँ कहाँबाट पो सोध्लास् र अब सब पढी सिध्याउँछु भनेर छेउछाउ,कसमस सबै सक्नुर्पयो । घरमा रूटिन बनाएर तयारी गर्नू है?

स्कुलमा बस्न त मिलेन तर विषयगत प्रश्नहरू तिमीहरू इनबक्समा राख्न पाउने छौ स हामी “यसोयसो गर्नू“ भन्छौँ, तिमीहरू लेखेर फोटो खिचेर इनबक्समा राख्नू स हामीले सुझाब दिन्छौँ । राम्रो उत्तर हामीले ग्रुपमा राखिदिन्छौँ र सब्बै साथीहरूले देख्न पाउँछौ । यसरी हामी तयारी गरिरहने है त ? तिमीहरू यो समय भरपुर उपयोग गरेर केही न केही बढाइछाड्छु भन्ने मनमनै अठोट गर ।

अभिभावकलाई म गर्छु नि यी हेर्नुहोस् त यसरी तयारी गरिरहेको छु भनेर ढाडस देऊ । परीक्षा सधैँका लागि सरेको होइन झन राम्रो गर्छौँ भनेर ढाडस देऊ । बाहिर बिलकुल ननिस्कनू । पटकपटक हात साबुनपानीले धोइरहनू । जेतेपाते नखानू अरु नै कुराले कमजोर भए पनि आखिर बिरामी परे त गारो भइहाल्छ नि ।

सही आहारविहार गरेर अस्पताल जान नपर्ने हुनुपर्छ । चटपट खाँदा गुरुले गाली र्गयो भनेर मनमनै रिसाएका पनि हौला तर हेर छोराछोरीहरू, म तिमीहरूको नोक्सान होस् भन्ने कहिल्यै चाहँदिन । ल भैगो चटपट खान दिएन भनेर मलाई गाली नै देऊ केही फरक पर्दैन तर तिमीहरू बिरामी हुँदा र पढ्न नपाउँदा जीवनमा धेरै फरक पर्ने छ । आफ्नो लागि तिमीहरू धेरै संवेदनशील बन्नुपर्छ । अभिभावकको सपना पूरा गर्नुपर्छ ।
प्यारा छोराछोरीहरू !

मलाई तिमीहरूको धेरै माया लाग्छ । मेरो संसार पनि त आखिर तिमीहरू नै त हौ नि होइन र ? तिमीहरूलाई छोडेर मैले अर्को कुनै नयाँ संसार रोजेको छैन ।

तिमीहरूको
नेपाली भाषा शिक्षक
राम प्रसाद सुवेदी
माउण्ट एभरेस्ट आमाबि, बेनि म्याग्दी।

Leave a Reply