डा.मनोज घिमिरे/ नोबेल कोरोना भाइरस (कोभिड(१९) को संक्रमण यतिबेला संसारभर फैलिरहेको छ। पौष १५ गते चीनको हुवेइ प्रान्तबाट रिपोर्ट गरिएको यो भाइरस चैत्र ८ गतेसम्म आइपुग्दा २ लाख ६६ हजार ०७३ जनामा फैलिसकेको छ भने यसविचको समयावधिमा यसबाट ११ हजार १ सय ८४ जनाको मृत्यु भैसकेको छ। नेपालमा पनि चीनको युवान क्षेत्रबाट स्वदेश फर्किएका एक युवकमा नोबेल कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ।

हालसम्म अन्य संक्रमित विरामीहरु नभेटीएपनि नेपाललाई विश्व स्वास्थ्य संगठनले समेतकोरोना भाइरस संक्रमणको उच्च जोखिममा राखेको छ।भाइरसको संक्रमण बढेसँगै आजभोली अस्पतालमा भीड लाग्न थालेको छ।नियमित रुपमा अस्पताल जानुपर्ने बिरामी त छदै छन्, कोरोनाको त्रासबाट सामान्य रुघाखोकी मात्र लाग्दा समेत शंका मानेर जचाउन जानेको संख्या धेरै छ।

जांच गर्नु नराम्रो कुरा त होइन तरपनि कोरोनाको जोखिम बढ्दै गईरहेको आंकलन गरिएको बेला सामान्य विरामीहरु समेत अत्तालिएर अस्पतालमा जादाँ र भिडभाड बढ्ने हुदाँ कतै अस्पतालबाट नै फैलने जोखिम धेरै हुने त होइन भन्ने प्रश्न उठेको छ।

यो समयमा सामान्य साबधानी नअपनाउनाले तपाईरहामी लाइ संक्रमणको जोखिम त छदैं छ, त्यसमाथि हाम्रो कारणले स्वास्थ्यकर्मीहरुलाई पनि जोखिम बढ्न जान्छ। सोचौं स्वास्थ्य संस्था तथा अस्पतालका स्वास्थ्यकर्मी हरु नै संक्रमित भएर उनीहरु नै आइसोलेशनमा बस्नुपर्ने अवस्था आयो भने स्थिति कति भयावह होला?

यहि जोखिमलाइ मध्यनजर गर्दै नेपाल मेडिकल काउन्सिल लगायत विभिन्न अस्पतालले समेत अत्यावश्यक सेवा लिनुपर्ने अवस्था बाहेकका स्थितिमा सकेसम्म नजान सुचित गरेका छन्। कोरोना भाइरसको संक्रमण रोकथाम, नियन्त्रण तथा व्यवस्थापन गर्न अस्पताल तथा स्वास्थ्य संस्थामा जानुपूर्व केहि मुख्य साबधानीहरु अपनाउन जरुरी देखिन्छ।

  • ज्येष्ठ नागरिक र पहिल्यै देखिनै दम, मधुमेह, मुटुको रोग जस्ता दिर्घरोगको समस्या भएका व्यक्तिहरूलाईयो भाइरसले गम्भीर बिरामी बनाउने जोखिम हुन्छ र मृत्युको सम्भावना पनि धेरै हुन्छ।त्यसैले औषधि प्रयोग गरिरहेका बिरामीहरु फलोअपमा अस्पताल जानुको सट्टा हाल सेवन गरिरहेको औषधि सेवन गरिरहनु उत्तम हुन्छ।
    * आकष्मिक बाहेक केहि समयपछि गरेपनि हुने शल्यक्रिया तथा त्यस्तै प्रकृतिका सेवाहरुको लागि स्थिति साम्य भईन्जेल धैर्य गर्ने।
    * भिडभाड नगर्ने(नगराउने। खोकी लागेका, ज्वरो आएका व्यक्तिको नजिक नजाने।
    * बिमा लगायत फुर्सदको उपयोग गर्दै गरिने होलबडी चेकअप तथा अन्य एइच्छिक परिक्षणहरु केहि समयपछि मात्र गर्ने।
    * दांत सम्बन्धि वा अन्य कस्मेटिक उपचारको लागि यो समय हतार नगर्ने।
    * सामान्य दुखाई वा अन्य सामान्य समस्यामा नआत्तिई घरायसी वा अन्य सामान्य औषधि सेवन गरि केहि दिन हेर्ने।
    * नाछोएपनि हुने वस्तु नछुने, अवान्छितरअपरिचित सामान वा व्याक्ति छोएपछी हात धुने ।
    *अस्पतालमा भर्ना भएको बिरामीछ भने एकजना मात्र कुरुवा बस्ने ।
    * सवारी चालक अनुमतिपत्र तथा निरोगिताको प्रमाणपत्र ईत्यदिको लागि हतार नगर्ने, केहि समय कुर्ने ।
    *प्रविधिको उच्चतम प्रयोग गर्ने। फोनरइमेलबाट हुने काम छ भने अस्पताल नजाने।
    *अत्यावश्यक अवस्थामा बाहेक दुर्घटना, विपद आदिको समयमा अस्पताल परिसरमा भिडभाड नगर्ने ।  मेडिकल अधिकृत, बेनी अस्पताल 

बेनी साप्ताहिकबाट साभार 

Leave a Reply