विश्वव्यापी रुपमा फैलिएको नोबेल कोरोना भाईरसको संक्रमण न्यूनिकरणका लागि छिमेकी जिल्ला पर्वतमा आज विहान ६ बजेदेखि निषेधाज्ञा जारी गरिएको छ । पर्वत जिल्ला जोड्ने सम्पूर्ण नाका बन्द गरेको अवस्थामा आज विहानैदेखि लागु हुने गरी स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम निषेधाज्ञा जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी अमृत सुबेदीले बेनीअनलाइनलाई बताउनुभयो ।

‘लक डाउनको अवस्था सचेत हुन अपिल गर्दछौ,‘अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको हो’ सहायक प्रजिअ सुबेदीले भन्नुभयो । उहाँले अब कोहिपनि नागरिक अत्यावश्यक नभएसम्म घर वाहिर निस्कन नपाउने बताउनुभयो । मुलुकनै लक डाउन भएको बेला पर्वतमा सोमवार साँझ बसेको सुरक्षा समितिको वैठकले उक्त निर्णय गरेको थियो ।

म्याग्दीसँगै जोडिएको पर्वत बेनी तथा बागलुङ, कास्की, स्याङ्जा लगायतका नाकाहरुमा समेत कडाई गरिएको छ । जिल्ला सुरक्षा समिति म्याग्दीले समेत पर्वतसँग जोड्ने एकमात्रै पक्की पुलमा चेकपोष्ट राखेर चेकजाँच गरेको छ ।

Leave a Reply