रोना भाइरसको विस्तार रोक्न डाक्टर, वैज्ञानिक तथा शोधकर्ताले लगातार यो विषयमा जोड दिँदै आएका छन् कि साबुन-पानीले नियमित आफ्नो हात धुनुपर्छ।

तर, कोभिड-१९ बाट संक्रमित बिरामीको उपचार गरेपछि डाक्टरले आफ्नो हात कति पटक धुनुपर्छ ? उनीहरू कुन कुरामा ध्यान दिन्छन् र यो बिमारीबाट आफूलाई कसरी बचाउँछन् ? चीनको ग्लोबल टिभी नेटवर्कले ट्विटरमा एक भिडियो सेयर गरेको छ, जसमा सबै प्रश्नको उत्तर दिइएको छ।

भिडियोको सुरुवात कोरोना रोगीको उपचार गरिरहेका एक डाक्टरसँग भएको छ। उनले सुरक्षात्मक सुट र कैयौं पन्जा लगाएका छन् । भिडियोमा डाक्टर पहिले आफ्नो हात धुन्छिन् र फेरि जुत्ताको ढकनी निकाल्छिन्| उनी फेरि आफ्नो हात धुन्छिन् र पन्जाको पहिलो पत्र उतार्छिन् र फेरि हात धुन्छिन् । यो सिलसिला लगातार चलिरहन्छ र मेडिकल गाउन फुकालेपछि उनी फेरि हात धुन्छिन् । यस किसिमबाट उनले ११ पटक हात धोएको देख्न सकिन्छ।

अब तपाईंलाई थाहा भयो होला, कोरनाको उपचार गर्ने डाक्टर कति सुरक्षात्मक सुट, पन्जा लगाउँछन् र कति पटक हात धुन्छन् ? यो भाइरसले हाल विश्वभरिनै आफ्नो प्रभाव छोडेको छ । विश्वभरिमा यो भाइरसबाट १५ हजार नजिकको ज्यान गइसकेको छ। कारोबार दैनिकमा खबर छ ।

Leave a Reply