मंगलबार विहानै देखि लागु भएको लक डाउनले म्याग्दीका अधिकांस बैंक तथा वित्तिय संस्थाले मंगलबार सेवा प्रवाह प्रभावित हुने भएको छ।

सदरमुकाम बेनी तथा ग्रामिण क्षेत्रमा रहेका वित्तिय संस्थामा भिडभाड हुने भएकाले सेवा प्रवाहले थप असहज हुने भएकाले मंगलबार एक दिनका लागि सेवालाई नियमित नगर्न प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले वित्तिय क्षेत्रलाई अनुरोध गर्नुभएको छ ।

‘बजारमा भिडभाड हुनुको प्रमुख कारण वित्तिय क्षेत्र देखिएको छ,‘बेलुकीसम्म थप जानकारी दिन्छौ’ प्रजिअ ढकालले भन्नुभयो । बेनीबजार तथा ग्रामिण क्षेत्रमा सञ्चालित वित्तिय संस्थालाई केन्द्रबाट समेत स्थानीय प्रशासनसँग समन्वय गर्न अनुरोध भएको छ । सदरमुकाम बेनीमा रहेको नेपाल बैंकको शाखाले बन्दको सूचना नआएपछि प्रशसनसँग समन्वय गरी काम गर्ने जनाएको छ।

शाखा प्रबन्धक मोहनप्रसाद लामिछानेले काठमाडौं उपत्यकामा मंगलबार सार्वजनिक बिदा भएकाले बैंकको आधिकारिक जानकारी नआएको बताउनुभयो । यता गरिमा विकास बैंकले बेनी, मंगला, मालिका र पाखरेबगर शाखामा मंगलबार कारोबार नगर्ने बेनी शाखाका प्रबन्धक कमलप्रसाद ढुंगानाले बताउनुभयो ।

बेनीका केही बैंकलाई केन्द्रिय कार्यालयबाट खोल्न निर्देशन गरेपनि वातावरण नभएकाले अन्यौल भइरहेको शाखा प्रबन्धकले बताएका छन् ।नेपाल बैकर्स संघले सोमबार बैंक तथा वित्तीय संस्थाको शाखा पूर्ण रुपमा बन्द नहुँने जनाएको थियो ।

शाखा बन्द भएपनि एटिएम सेवा जारी रहने अवस्थामासमे भिडभाड हुने भएकाले जोखिम बढेको छ । बैंकको सेवा सुरु गर्नुपर्ने अवस्थामा प्रशासनबाट सवारीसाधन सञ्चालन गर्न मिल्ने गरी पासको आवश्यकता रहेको कर्मचारीले बताएका छन् । यता सहकारी संस्थाले समेत मंगलबार कारोबार बन्द गरेका छन् ।

Leave a Reply