विश्वव्यापी रुपमा फैलिएको नोबेल कोरोना भाईरसको संक्रमण न्यूनिकरणका लागि म्याग्दीमा दिउँसो १२ बजेदेखि लागु हुने गरी निषेधाज्ञा जारी गरिएको छ ।

जिल्लासँग जोडिएका सम्पूर्ण नाका बन्द गरेको अवस्थामा समेत पैदलयात्रीहरुको चहलपहल देखिन थालेपछि जिल्ला सुरक्षा समितिको बैठकले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बेनीअनलाइनलाई बताउनुभयो ।

‘अबको अवस्थामा बाहिर ननिस्कनुहोला,‘अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको हो’ प्रजिअ ढकालले भन्नुभयो । उहाँका अनुसार आगामी चैत्र १८ गतेसम्म निषेधाज्ञा जारी गरेपनि त्यस अगाडी आवश्यक परेमा थप निर्णय गरिने छ ।निषेधाज्ञा जारी सँगै बजारमा अत्यावश्यक नभएसम्म घर वाहिर निस्कन नपाउने तथा घरबाहि देखेमा सुरक्षाकर्मीले घरभित्र प्रवेश गर्न दवाव दिन सक्नेछन् ।

Leave a Reply