बागलुङ ढोरपाटनका यूवा काठमाण्डौमा एक दिन बसेर सिधै बसमा गाउँ पुगेका थिए । नेपालमा दोस्रो पटक कोरोना भाइरस (कोभिड १९) संक्रमण देखिएका किशोरीसँगै आएको बागलुङ ढोरपाटनका यूवा चैत्र ५ गते काठमाण्डौबाट सिधै ढोरपाटन गएको बुझिएको छ ।

काठमाण्डौबाट आएका यूवा बेनीको एक होटलमा बसेको भन्ने जानकारी आएसँगै बेनीमा खोजीकार्य गरेपनि ढोरपाटन नगरपालिका अधिकारीचौरका युवा काठमाण्डौबाट सिधै बसमा गएको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले बेनीअनलाइनलाई बताउनुभयो ।

उहाँका अनुसार गत चैत्र ४ गते फ्रान्सबाट फर्किएकी १९ वर्षीया किशोरीको आइतबार स्वास्थ्य परीक्षण गर्दा भाइरस पोजेटिभ पाइए पछि उनीसँगै एउटै जहाजमा आएका बिक कतारबाट आएर एक रात काठमाण्डौं बसेर भोलीपल्ट गृह जिल्ला प्रस्थान गरेका थिए । चैत्र ५ गते नै घरमा गएको देखिएकाले मेयर नेपालीको भनाई छ ।

संक्रमित किशोरीको उपचार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भइरहेको छ । उनीहरु चैत ४ गते कतारको दोहा ट्रान्जिट हुँदै काठमाडौं आएका थिए । बेनीमा बसेको खवर आएको बताइएपनि आधिकारिक पुष्टी नभएको खवर बेनीअनलाइनले प्रकाशित गरेको थियो। पश्चिम दरबाङ हुदै बागलुङका विभिन्न स्थानमा जाने गरिएकाले पनि उक्त जानकारीसँगै प्रहरीले समेत खोजीकार्य गरेको थियो ।

सोही समाचारमा बागलुङका बरिष्ठ पत्रकार हरिनायारण गौतमले बागलुङकै बाटो हुदै ढोरपाटन गएको विवरण समेत प्रकाशित गरिएको थियो । काठमाण्डौको गोंगबु बसपार्कमा बसेर सिधै बुर्तिवाङको बसमा गएको जानकारी प्राप्त भएको बताउँदै थप अन्य यात्रुहरु बेनीमा गएको हुनसक्ने भएकाले खोजीकार्यको आवश्यक रहेको बताइएको छ ।

सरकारले युरोप, पश्चिम एसिया र खाडी क्षेत्रका सबै मुलुकबाट सीधा उडान र जुनसुकै मुलुकलाई ट्रान्जिट बनाई आउनेलाई क्वारेन्टाइनमा राखेर म्याग्दीमा फर्किएका यूवाहरु समेत सम्पर्कमा आउन थालेका छन् । मलेसियाबाट आएका बेनी नगरपालिकाका यूवा एकदिन बेनीका बसेर घरमा गएका थिए ।
यसअगाडी प्रकाशित समाचारमा बागलुङमा यूवा बेनी आएको उल्लेख गरिएकाले संच्चाइएको छ । सम्पादक

Leave a Reply