नेपालमा फ्रान्सबाट आएका यूवतीमा कोरोना भाइरस ९कोभिड १९) संक्रमण देखिएसँगै जिल्ला प्रशासन कार्यालय म्याग्दीले फागुन र चैत्र महिनामा विभिन्न देशबाट जिल्लामा भित्रिएकाको ट्राभल हिस्ट्री खोज्दै सुरू गरेको छ।

युरोप, पश्चिम एसिया र खाडी क्षेत्रका सबै मुलुकबाट सीधा उडान र जुनसुकै मुलुकलाई ट्रान्जिट बनाई आएका यात्रुहरुको विवरण संकलनका लागि स्थानीय तहसँग सहकार्य भइरहेको म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताउनुभयो।

‘विदेशबाट आएकाहरुलाई सेल्फ क्वारेन्टाइनमा बस्न अपिल गरेका छौ,‘उनीहरुको ब्यक्तिगत विवरण संकलनको प्रयास भइरहेको छ’प्रजिअढकालले भन्नुभयो। उहाँले संक्रमित यूवतीसँगै आएका बागलुङका यूवा बेनीको होटलमा बसेको बताइएपनि पुष्टी नभएको बताउनुभयो।

विदेशबाट आउनेलाई तत्काल स्वास्थ्य चौकीमा सम्पर्क गर्न अपिल गर्दछौ,‘वडास्तरमा रहेका जनप्रतिनिधिहरुमार्फत पनि महामारी फैलिएपछि आएकाहरूको खोजीकार्य भइरहेको छ’ प्रजिअ ढकालले भने । संक्रमण पुष्टी भएको यूवती सवार विमानबाट समेत म्याग्दीमा भित्रिए वा नभित्रिएको भन्ने बारेमा समेत खोजीकार्य सुरु भएको प्रजिअ ढकालको भनाई छ ।

जिल्लाको बेनी नगरपालिका, मंगला, मालिका, धवलागिरी, रघुगंगा र अन्नपूर्ण गाउँपालिका ४५ वटै वडामा नेपाल सरकारले विदेशबाट आगमनमा प्रतिबन्ध लगाएका देशबाट भित्रिएका वा चैत्र महिनामा सार्क राष्ट्रबाट समेत आएकाहरुको खोजीकार्य भइरहेको स्थानीय तहका जनप्रतिनिधिले बताएका छन् ।

Leave a Reply