पछिल्लो दुईसता यता विभिन्न देशबाट म्याग्दीमा प्रवेश गरेकाहरु प्रशासनको सम्पर्कमा आउन थालेका छन् । फ्रान्सबाट आएकी एक नेपाली यूवतीमा कोरोना भाइरस (कोभिड १९) संक्रमण देखिएको खवरसँगै जिल्ला प्रशासन कार्यालय म्याग्दीले विभिन्न जिल्लाबाट भित्रिएकाहरुको ट्राभल हिस्ट्री खोज्न थालेपछि सम्पर्कमा आउन थालेको म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बेनीअनलाइनलाई बताउनुभयो ।

‘विदेशबाट आउँदा वित्तिकै घरमै सेल्फ क्वारेन्टाइनमा बस्न अनुरोध गरेका छौ,‘एकजना यूवा आउनुभएको छ’ प्रजिअ ढकालले भन्नुभयो। विदेशबाट आउँदा वित्तिकै कम्तिमा स्वास्थ्य संस्थामा चेकजाँच तथा घरमा समेत परिवारभन्दा अलग्दै बस्न अपिल गरिएको प्रजिअ ढकालले बताउनुभयो।

एकसाता यता विदेशबाट आएका एक यूवाले आफ्नो विवरण प्रशासनलाई जानकारी गराएको बताइएको छ । विदेशबाट आउँदैमा आत्तिनु नपर्ने भएपनि संक्रमण देखिएमा समस्या हुने भएकाले स्वास्थ्य संस्थामा चेकजाँच गरी कम्तिमा १४ दिनसम्म घरमा छुट्टै बस्न अनुरोध गरिएको छ । बेनी नगरपालिका–९ तोरीपानीका एक यूवा सम्पर्कमा आएका छन् । ट्राभल हिस्ट्रीका बुझेर सतर्कता अपनाउन अनुरोध गरिएको जिल्ला प्रशासनले जनाएको छ।

जिल्लाको बेनी नगरपालिका, मंगला, मालिका, धवलागिरी, रघुगंगा र अन्नपूर्ण गाउँपालिका ४५ वटै वडामा नेपाल सरकारले विदेशबाट आगमनमा प्रतिबन्ध लगाएका वा अन्य देशबाट भित्रिएका यूवाहरु आएकालाई एकपटक सम्बन्धि वडाको स्वास्थ्य चौकी वा प्रहरी कार्यालयमा उपस्थितीका लागि अनुरोध गरिएको छ ।

Leave a Reply