कोरोना भाइरस (कोभिड–१९) संक्रमित र आशंकित बिरामीको उपचार गर्दा चिकित्सकले लगाउने पर्सनल प्रोटेक्टिभ इक्वीपमेन्ट(पीपीई)को अभाव भइरहेको अवस्थामा ‘राष्ट्रिय आविष्कार केन्द्रले नेपालका अध्यक्ष महावीर पुनले आवश्यक पीपीईको उत्पादनका लागि चासो देखाउनुभएको छ ।

आफ्नो सामाजिक सञ्जालमा कपडा सिलाउने टेलरहरुको खोजीसँगै नयाँ काम गर्ने योजना सार्वजनिक गर्नुभएको हो । ‘त्यो नलगाई कोरोनाको जोखिममा रहेका बिरामीलाई जाँच गर्न नमिल्ने रहेछ,‘बिपी अस्पताल धरानबाट त्यो  बनाउन अनुरोध आएको छ’ पुनले भन्नुभयो । उहाँले केन्द्रमा करिव ४ सय ड्रेस बनाउन सकिने सामान उपलब्ध भएको बताउँदै सिलाउने टेलर चाहिएको बताउनुभयो ।

नेपालीको सपना पुरा गर्ने अभियान अन्तरगत स्थापना भएको केन्द्रले महामारीमा समेत राष्ट्रका लागी योगदान दिन काठमाण्डौ बाहेक पोखरा, चितवन लगाएत विभिन्न जिल्लामा काम गरिरहेको छ । केन्द्रमा अहिले २० वटा प्रोजेक्ट संचालनमा आएकोमा चिकित्सकले प्रयोग गर्ने पीपीईको उत्पादनले समेत थप उर्जा थपिनै पुनको भनाई छ ।चितवनमा कुखुराको दाना र माछापालन, पोखरा र विराटनगरमा पर्यटन, कृषिका क्षेत्रमा अनुसन्धान र काम भइरहेको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ८ नाँगीमा जन्मिएका पुनले सन् २००७ मा एसियाको नोबेल पुरस्कार भनेर चिनिने म्यागासेसे पुरस्कार सहित दर्जनौ सम्मान प्राप्त गरेका थिए ।

Mahabir Pun

2 hrs

सूचना: मैले तलको पोस्ट गरे पछि धेरैले सम्पर्क गर्नु भयो. अहिलेलाई पर्याप्त भयो.

काठमान्डूमा तुरुन्त टेलर चाहियो – अर्जेन्ट अनुरोध: मेरो सम्पर्क 9841592361
डाक्टरहरुले कोरोनाको बिरामी जांच गर्दा लगाउने ड्रेसलाई PPE (Personal Protective Equipment) भन्दा रहेछन. त्यसको अति नै आबश्यक परेको रहेछ. त्यो नलगाइकन डाक्टरहरुले कोरोना बिरामी जांच गर्न नमिल्ने रहेछ. त्यसैले टिचिंग अस्पताल काठमाडौँ र बि.पी. अस्पताल धरान बाट त्यस्तो ड्रेस बनाउने अनुरोध राष्ट्रिय आविष्कार केन्द्रलाई आएको छ. त्यो ड्रेसको डिजाईन आविष्कार केन्द्रमा बन्दैछ र करिब ४०० वटा जति ड्रेस बनाउन सकिने समान पनि भर्खरै उपलब्ध भयो. अब सिलाउने टेलर चाहियो. यदि तपाईहरु कसैले कपडा सिलाउने टेलरहरुलाई चिन्नु भएको छ र यो काममा सहयोग गर्न चाहनु हुन्छ भने तुरुन्त मलाई सम्पर्क गर्नु होस्. सो ड्रेसको डिजाइन र सो ड्रेस बनाउने सामान उपलब्ध गराइने छ. अनि टेलरको ज्याला पनि उपलब्ध हुने छ. धन्यबाद.

Leave a Reply