कोभिड–१९ (कोरोना) भाइरस सर्ने खतरा देखिएपछि म्याग्दीको धवलागिरी गाउँपालिकाले विदेशबाट घर फर्किएकालाई सम्पर्कमा आउन अनुरोध गरेको छ ।

नेपालमा फ्रान्सबाट आएका यूवतीमा कोरोना भाइरस ९कोभिड १९) संक्रमण देखिएसँगै फागुनको अन्तिम र चैत्र महिनामा विश्वका विभिन्न देशबाट भित्रिएको हुन सक्ने भएकाले सम्भावित जोखिमलाई मध्यनजर गरी विवरण संकलन सुरु गरिएको गाउँपालिका उपाध्यक्ष रेशम छन्त्यालले बताउनुभयो ।

‘यो अति आवश्यक देखिएको छ,‘उहाँहरुलाई घरमा पनि सुरक्षित बस्न अपिल गर्दछु’ उपाध्यक्ष छन्त्यालले बेनीअनलाइनलाई भन्नुभयो ।गाउँपालिकाभित्रको ७ वटै वडाका जनप्रतिनिधि वा स्वास्थ्यकर्मीलाई जानकारी गराउन सकिने उपाध्यक्ष छन्त्याले बताउनुभयो ।

उहाँले संक्रमणको जोखिम हुने भएकाले गाउँपालिकाको अभियानमा साथ दिन अनुरोध गदैं विदेशबाट आएकासँग केही दिन नजिक नजान, संगै नबस्न लगायत आवश्यक सर्तकता अपनाउन अनुरोध समेत गरिएको छ ।

धवलागिरी सहित जिल्लाको बेनी नगरपालिका, मंगला, मालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिका ४५ वटै वडामा नेपाल सरकारले विदेशबाट आगमनमा प्रतिबन्ध लगाएका देशबाट भित्रिएका वा चैत्र महिनामा सार्क राष्ट्रबाट आएकालाई सेल्फ अर्थात घरमा अलग्गै बस्न अनुरोध गरिएको छ ।

(हाम्राे धवलागिरी गा पा को कुनै पनि वडामा विदेश वाट तत्काल घरमा आएको भए सम्वन्धित वडा अध्यक्ष वा नजिकको स्वास्थ्य चौकी नजिकको प्रहरी चौकी साथै गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष,र स्वास्थ्य संयाेजकलाई खवर गरीदीनु हुन हार्दीक अनुरोध गर्दछु । धवलागिरी गा.पा. मुना म्याग्दि फोन नं अध्यक्ष 9857622920/उपाध्यक्ष 9857627821/ स्वास्थ्य संयाेजक 9846858251)

Leave a Reply