कोरोना भाइरस (कोभिड१९) संक्रमणको जोखिमलाई मध्यनजर गर्दै बेनी नगरपालिका–८ हिलसाईडमा अवस्थित माउण्ट एभरेष्ट आवासीय माविको भवनमा कोरोना विषेश आईसोलेसन कक्ष तयार भएको छ।

जिल्लाभित्र संक्रमणको जोखिम मानिएकालाई लक्षित गरी १० वटा आईसोलेसन वेड कक्ष तयारी अवस्थामा रहेको बेनी अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बेनीअनलाइनलाई बताउनुभयो । उहाँले संकास्पद विरामीलाई आवश्यक निगरानीमा राख्ने गरी उक्त भवनलाई प्रयोग गरिने बताउनुभयो ।जिल्ला विपद् व्यवस्थापन समितिले बैदेशिक रोजगारबाट आएका र जिल्लामा समेत कोरोना भाइरसको सम्भावित जोखिममा परेका बिरामीलाई राखेर उपचार गर्न उक्त भवनलाई प्रयोग गर्ने निर्णय गरेको थियो ।

उक्त भवनमा ३३ वटा कोठा रहेकाले आवश्यकता अनुसार प्रयोग गर्न विद्यालयले अनुमति दिएको छ ।भवनमा संकास्पद बिरामीलाई  राखिने छ । जिल्लाको मालिका र अन्नपूर्ण गाउँपालिकाले समेत क्वारेन्टाइन बनाएको छ भने जिल्लामा विभिन्न स्थानमा एकिकृत सुरक्षा पोष्ट खडा गरिएको छ ।

यसैबिच प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल, प्रहरी नायव उपरिक्षक किरणजंग कुँवर लगायत चिकित्सक सहितको टोलीले समेत उक्त स्थानको अनुगमन गरी आवश्यकता अनुसार थप योजना बनाउने बताइएको छ ।

Leave a Reply