कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै एक सहकारीले बेनी अस्पतालमा सेनिटाईजर बनाउन २५ हजार सहयोग गरेको छ ।

बेनी नगरपालिका ९ गलेश्वर बजारमा अवस्थित गलेश्वर शिवालय बहुुृउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष दिपक कार्कीले अस्पतालमा हेण्ड सेनिटाईजर बनाउन हाइड्रोजन पेरोक्साइड, स्प्रीट र ग्लिसिरिन लगायतका साम्रागीका लागि अस्पतालका अध्यक्ष बेलबहादुर कटुवाल र अस्पताल प्रमुख डा. अमृत अधिकारीलाई हस्तान्तरण गर्नुभयो ।

सोही अवसरमा सहकारी संघ म्याग्दीका अध्यक्ष समेत रहनुभएका कार्कीले सहकारीले कोरोनाको संक्रमण फैलिन नदिने गरी आवश्यक सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले सामाजिक उत्तरदाहित्व अन्तरगत सहकारीले सहयोग गर्ने बेला भएकाले एक सहकारी मार्फत एक आवश्यक साम्रागी सहयोगको अभियानका लागि समेत अनुरोध गर्नुभयो ।

सोही अवसरमा अस्पतालका अध्यक्ष कटुवालले सेनिटाईजरको आवश्यकता रहेको अवस्थामा प्राप्त सहयोगले राहत मिलेको बताउनुभयो । उहाँले अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मीले उपचारमा प्रयोग गर्ने बताउनुभयो । यसैबीच अस्पतालको बहिरङ्ग सेवा बन्द गरिएको छ ।

उपचारका लागि आएका ज्वरो र रुघाखोकीका बिरामीलाई बर्गिकरण गरी फिबर क्लिनिकमा उपचार गरिने भएको छ । क्लिनिकामा तापक्रम जाँच, छातीको जाँच, रुघाखोकी, निमोनिया लगायत कोरोना भाइरसको सम्भावित जोखिमहरुको उपचार हुने छ। ओपीडि सेवा बन्द भएपनि २४ घण्टा इमरेजन्सी सेवा सञ्चालन हुने बेनी अस्पतालले जनाएको छ ।

Leave a Reply