कोरोना भाइरस (कोभिड–१९) का कारण म्याग्दी लकडाउन भएको अवस्थामा एम्बुलेन्स लगायतका सवारीसाधनको अभाव हुन नदिने गरी ब्यवस्था मिलाइएको छ ।

जिल्लाको ग्रामिण क्षेत्रमा यातायातका साधन सञ्चालनमा रोक लगाइएसँगै बिरामीले समयमै स्वास्थ्य संस्थामा पुग्न जिल्लाभित्र चालु आवस्थामा नेपाल रेडक्रस सोसाईटी र बेनी अस्पतालको एम्बुलेन्स रहेको छ । त्यस्तै एम्बुलेन्सको उपलब्धता नभएमा तत्कालै जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी वा जिल्ला प्रहरी कार्यालयमा खवर गर्न सकिन्छ ।

बिरामीलाई समयमा नै अस्पतालसम्म पुर्याउन सकियोस भन्ने उद्धेश्यले आवश्यकता अनुसार विरामीको परिचय खुल्ने गरी प्रशासनले पासको ब्यवस्था गरेको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बेनीअनलाइनलाई बताउनुभयो।

‘बिरामीलाई उपचारमा सहज हुन्छ,‘बिरामीको नाममा अरु यात्रा गरेको पाइएमा कानुन अनुसार कारवाही गछौ’ प्रजिअ ढकालले भन्नुभयो ।

उहाँले जिल्लाका सबै स्थानीय तहबाट विरामीलाई स्वास्थ्य चौकीसँगै जिल्ला बाहिर उपचारका लागी जाने ब्यवस्था मिलाइएको बताइएको छ । सुत्केरी अवस्था वा अन्य जटिल समस्याका बिरामीलाई तत्कालै पासको ब्यवस्था मिलाएर निजी वा सार्वजनिक सवारीसाधनमार्फत आवतजावतको सुविधा रहेको छ ।

दरबाङ र भुरुङ तातोपानीमा एम्बुलेन्स भएपनि चालु अवस्थामा छैन् । ग्रामिण क्षेत्रबाट स्थानीय जनप्रतिनिधिमार्फत प्रशासनमा जानकारी गराउन सकिन्छ । जीवन रक्षाका लागि अत्यावश्यक औषधी, उपकरण अक्सिजन सिलिन्डर लगायतका औषधीजन्य साम्रागीहरु समेत सहज रुपमै ढुवानी गरिने छ ।

एम्बुलेन्स वा सेवाका लागि
नेपाल रेडक्रस सोसाईटीः चालक केसर मगर ९८४७६२४१६९
बेनी अस्पताल: चालक गोपी गौतम ९८६७७०६७०३
आपतकालिन अवस्थामा
प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल :९८५७६२७७७७
प्रहरी नायव उपरिक्षक किरणजंग कुँवर: ९८५७६२५५५५

Leave a Reply