बेनी नगरपालिकाले कोरोना भाइरसको संक्रमण फैलिएका देशहरुबाट आएकालाई १४ दिन घरमै सेल्फ क्वारेन्टाईनमा बस्न अनुरोध गरेको छ । पछिल्लो दुइसाता यता विश्वका विभिन्न देशबाट बेनी नगरपालिकामा भित्रिएकाहरु खुलेआम समुदायमा हिड्ने गरेको जानकारी पाएपछि नरपालिकाले विदेशबाट आएका मानिसहरुको लगत संकलन गर्न सुरु गरेको वडा नं ६ का अध्यक्ष कृष्णसिंह बानियाँले बताउनुभयो।

केहीदिन अगाडी मलेसिया,कतारबाट आएकाहरु सम्पर्कमा आएका छन् भने यूरोप,यूकेबाट आएकाहरुले समान्य सावधानी समेत अपनाएका छैनन्। विदेशबाट आएकाहरुबाट रोग सर्ने त्रास बढेपछि जिल्ला विपद् ब्यवस्थापन समितिले समेत विदेशबाट आएकालाई तत्काल सतर्कता अपनाउन अपिल गरेको थियो ।

विवरण संकलनसँगै घरमै सेल्फ क्वारेन्टाईनमा बस्न आग्रह गरिएको मेयर हरिकुमार श्रेष्ठले बताउनुभयो ।‘यो अति आवश्यक देखिएको छ,‘विदेशबाट आएर सिधै घरमा जानुभएकाहरु स्वास्थ्य संस्थामा आउनुहोला,तपाईहरुको लापरवाहीले अरुलाई असर गर्न सक्छ’ मेयर श्रेष्ठले भन्नुभयो ।

खाडी, यूरोपसँगै भारतबाट समेत नगरपालिका भित्र आएको सूचनाको आधारमा वडास्तरमा जनप्रतिनिधि र छिमेकीहरुमार्फत समेत सम्पर्क गर्न अनुरोध गरिएको छ। विदेश बाट फर्किएकाहरु १४ दिन अनिवार्य रुपमा क्वारेण्टाईनमा बस्नुपर्ने चिकित्सकको भनाई छ । बेनी नगरपालिकामा रोजगारसँगै घुम्न गएर समेत फर्किएकाहरुकाले सार्वजनिक अपिल गरिएको छ ।

Leave a Reply