म्याग्दीभित्र कतै अलपत्र पर्नुभएको छ ? यदी छ भने तपाईले तत्काल कारण सहित सुरक्षा निकाय वा प्रमुख जिल्ला अधिकारीलाई खवर गर्न सक्नुहुने छ ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञाले ग्रामिण क्षेत्रमा यातायातका साधनहरु नचल्ने भएपछि बाटोमा बालबालिका, अपाङ्गता भएका, ज्येष्ठ नागरिक, अशक्त लगायत अलपत्र अवस्थामा भएकालाई खवर गर्न प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले सम्पर्क गर्न अनुरोध गर्नुभएको छ ।

‘यो अवस्थामा अनावश्यक यात्रा गर्नुहुदैन्,‘कोही अलपत्र अवस्थामा हुनुहुन्छ सम्पर्कमा आउनुहोला’ प्रजिअ ढकालले बेनीअनलाइनलाई भन्नुभयो। उहाँले अनावश्यक यात्राले सरकारी निर्णयलाई अवरोध हुने भन्दै समस्यामा परेकालाई उद्धारमा प्रशासन तयारी अवस्थामा रहेको बताउनुभयो ।

उहाँले जिज्ञासा र समस्या समाधान गर्न सुरक्षाकर्मीको टोली तयारी अवस्थामा रहेको बताउनुभयो। त्यस्तै बेनी अस्पतालमा रहेका चिकित्सकलाई रुघाखोकी, ज्वरो लगायतका स्वास्थ्यमा समस्या देखिएमा समेत खवर गर्न सकिन्छ।

अस्पतालले मंगलबारदेखि प्रवेशद्धारमै फिबर क्लिनिक सञ्चालन गरेकाले कोरोनाको संक्रमणका लक्षण, रोकथाम, औषधोपचार, अन्य सेवाहरुका बारेमा सम्पर्क गर्न सकिने अस्पताल विकास समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो । उहाँले अस्पतालका चिकित्सकलाई २४सैँ घन्टा समस्या समाधानका उपाय र परामर्श लिन सकिने बताउनुभयो ।

अलपत्र अवस्थामा परेमा सम्पर्क गर्नुपर्ने फोन नं
प्रजिअ ज्ञाननाथ ढकाल ९८५७६२७७७७
प्रनाउ किरणजंग कुवँर ९८५७६२५५५५, प्रहरीको शुल्क नलाग्ने फोन नं १००
कोरोनासँग सम्बन्धित चिकित्सकसँग जानकारी वा परामर्श आवश्यक परेमा सम्पर्क गर्नुपर्ने
बेनी अस्पताल का डा. मनोज घिमिरे ९८५७६२३१८८
क्लिनिकल प्रमुख डा. नवराज बस्ताकोटी ९८५११६०८९७

Leave a Reply