मंगला गाउँपालिकाका प्रमुख सतप्रसाद रोकाले विदेशबाट आएका ३ जनालाई घरमै भेटेर सेल्फ क्वारेन्टाइनमै बस्न अनुरोध गर्नुभएको छ ।कोरोना भाइरस (कोभिड–१९) का कारण म्याग्दी लकडाउन भएको अवस्थामा गाउँपालिका भित्रका जनचेतनामुलक सन्देश प्रवाह गर्ने क्रममा अध्यक्ष रोकाले बस्ती–बस्तीमा पुगेर विदेशबाट आएकाबाट अलग्गै बस्नुपर्ने बताउनुभयो ।

बस्ती बस्तीमा पुगेर जनचेतनामुलक सन्देश प्रवाह गर्ने क्रममा विदेशबाट आएकालाई कोरोनाबाट जोगिन कम्तिमा १४ दिन घरमा एक्लै सुरक्षित बस्न अनुरोध गदैं थप विदेशबाट आएकाको विवरण दिन समेत अनुरोध गरेको गाउँपालिकाका कृषि शाखा प्रमुख जगत बानियाँले बताउनुभयो ।

गाँउपालिका भित्रका ५ वटै वडाका बस्ती–बस्तीमा पुगे कोरोना भाइरससम्बन्धि सन्देशमुलक सूचना तथा आवश्यकता अनुसार जानकारी गराउने गरिएकाले अभियान निरन्तर जारी रहने गाउँपालिकाले जनाएको छ।

त्यस्तै अति समस्यामा परेकालाई तत्काल एम्बुलेन्स लगायतका सवारीसाधनको प्रयोग गरी स्वास्थ्य संस्थासम्म पु¥र्याउने ब्यवस्था मिलाइएको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमले बताउनुभयो ।

उहाँका अनुसार वडाभित्रका जनप्रतिनिधिामार्फत विदेशबाट गाउँमा आउनुभएकाको खोजीकार्य समेत तिब्र पारिएको छ । कोरोना भाइरसबाट त्रसित नभई सर्तकता अपनाउन समेत अनुरोध गरिएको गाउँपालिकाले सार्वजनिक रुपमै अपिल गरेको छ।

Leave a Reply