निशेषधाज्ञाको समयमा मुस्ताङको जोमसोमबाट १० जना मजदुरहरुलाई लिएर आएको लु १ ख ८०११ नम्बरको ट्रकलाई प्रहरीले मुस्ताङ नै फिर्ता पठाएको छ । अत्यावश्यक सामग्रीसहित मालवाहक सवारी साधन चल्न पाइने भए पनि यात्रु सहित आएको कारणले गर्दा प्रहरीलाई अनुरोध गरेरै मुस्ताङ तर्फ नै फिर्ता पठाइएको नागरिक समाज म्याग्दीका संयोजक सुदर्शन कुमार श्रेष्ठले बताउनु भयो ।

जोमसोमबाट रातको समयमा हिडेर बिहान ७ बजे बेनी बजारको कालिपुल आइपुगेको उक्त ट्रकमा भारतीय मजदुरहरु थिए । मुस्ताङमा काम गर्दै गरेका ति मजदुरहरु लकडाउन भएपछि कुनै पनि माध्यमबाट आफ्नो देश फर्कनका लागि ट्रकमा चडेर आएका थिए ।बुधबार बिहानै देखि कुनै पनि सार्वजनिक वा निजी यात्रुवाहक सवारीसाधनहरु चलेका छैनन् ।

स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दुध, विद्युत, सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापनसम्बन्धी सवारीसाधनहरु भने आवश्यकता अनुसार चलिरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका इन्सपेक्टर ध्रुवप्रसाद शर्माले बताउनु भयो ।निषेधाज्ञाको उल्लङ्ंघन गर्न नदिनका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना पनि तयारी अवस्थामा रहेको छ ।विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)को प्रकोप रोकथामलाई प्रभावकारी बनाउन म्याग्दीमा चैत ११ गते मंगलबार दिउँसो देखि जारी गरीएको निषेधाज्ञाले बजार क्षेत्र सुनसान प्राय भएको छ ।

जिल्ला सुरक्षा समितिको बैठकले आउँदो १८ गते बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो । जिल्ला सुरक्षा समितिकिो बैठकले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम म्याग्दी जिल्लाभर निषेधाज्ञा लगाउने निर्णय गरेको थियो ।

Leave a Reply