DofUbLsf] b/afª ahf/ a]gL, @ ;fpg -/f;;_M DofUbL vf]nfsf] lsgf/df /x]sf] dflnsf ufpFkflnsf–^ b/afª ahf/ . tl:a/ M sdn vqL

कोरोना भाइरस (कोभिड१९) संक्रमणको जोखिमलाई मध्यनजर गर्दै पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६ स्थित छ्यारछ्यारे स्थित जनप्रिय माविको भवनमा ८ बेड क्षमताको कोरोना विषेश आईसोलेसन कक्ष तयार भएको छ ।

गाउँपालिकाले कोरोनाबाट जोगिन सचेतनामुलक कार्यक्रमसँगै आवश्यक पूर्वाधार सहित आईसोलेसन कक्ष स्थापना गरेको गाउँपालिका उपाध्यक्ष खरमायाँ विटालुले बताउनुभयो । उक्त भवनमा आवश्यकता अनुसार थप दुई बेड समेत राख्न सकिने उपाध्यक्ष बिटालुको भनाई छ । उहाँले गाउँपालिका भित्रका सबै वडामा जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन भइरहेको बताउँदै जोखिममा रहेकालाई सतर्कता अपनाउन समेत अपिल गर्नुभएको छ ।

गाउँपालिकाको केन्द्र दरबाङमा रहेको प्राथमिक उपचार केन्द्रमार्फत सम्भावित जोखिममा रहेका बिरामीलाई थप रेखदेखका लागी कक्ष स्थापनासँगै विदेशबाट भित्रिनेलाई चिकित्सकसँग सम्पर्क गर्न समेत अपिल गरिएको गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाले बताउनुभयो ।

उहाँले कोरोना भाइरस बिरुद्धको अभियानमा गाउँपालिका भित्रका सम्पूर्ण जनप्रतिनिधिले आफ्नो वडामा आवश्यक तयारी समेत गरेको बताउनुभयो । इलाका प्रहरी कार्यालयमार्फत चेकजाँचमा जोखिम मानिएकालाई तत्काल उपचारको ब्यवस्था गरिएको छ भने छिमेकी गाउँपालिकाबाट प्रवेश गर्नेहरुलाई कडाई गरिएको अध्यक्ष रोकाले बताउनुभयो।

जिल्लाको दोस्रो ब्यापारिक केन्द्र दरबाङबाट धवलागिरी र छिमेकी बागलुङको तमानलाम्मेला लगायतका क्षेत्रमा समेत आवतजावत गर्ने भएकाले उच्च निगरानीमा राखिएको गाउँपालिकाले जनाएको छ । त्यस्तै बजारमा खाद्यान्न साम्रागीको अभाव हुन नदिने र वडास्तरमा समेत आवश्यकता अनुसार अनुगमन गरिने बताइएको छ ।

Leave a Reply