मंगला गाउँपालिकाले १५ दिन अगाडी विदेशबाट आएकाको सूचना दिनेलाई नगद पुरस्कारको घोषणा गरेको छ । बैदेशिक रोजगारबाट फर्किएकाबाट कोरोना भाइरसको जोखिमलाई मध्यनजर गरी घरदैलोमै पुगेर तथ्याङ्क संकलनको अभियानलाई तिब्रता दिएको गाउँपालिकाले तथ्याङ्क संकलनमा सहज हुने गरी तथ्य सूचना दिएमा पुरस्कारको घोषण गरेको हो ।

‘अहिलेसम्म १२ जना सम्पर्कमा हुनुहुन्छ,‘हामीले खोजीरहेका छौ’ अध्यक्ष सतप्रसाद रोकाले बेनीअनलाइनलाई भन्नुभयो । गाउँमा विदेशबाट आएकालाई जनप्रतिनिधिले घरमै पुगेर भेटघाट गर्ने, आवश्यकता अनुसारको सहयोगका लागी अनुरोध गर्ने तथा छिमेकीलाई समेत विदेशबाट आएकाको नजिक नपुग्न र निगरानी राख्न समेत पालिकाले अनुरोध गरेको छ।‘यो विश्वबाट फैलिएको रोग हो,‘हामीले यसबाट जोगिन आवश्यक उपाय गर्नुपर्छ’ अध्यक्ष रोकाले भन्नुभयो । गाउँपालिकाले माईकिङमार्फत टोलटोलमा पुगेरै जनेचेतना जोगाउने प्रयास गरिरहेको अवस्थामा अध्यक्ष रोका सहितको टोलीले विदेशबाट आएकालाई सकेसम्म आफै भेट्ने वा जनप्रतिनिधिलाई परिचालन गर्ने योजना बनाउनुभएको छ ।कोरोना भाइरस (कोभिड–१९) का कारण म्याग्दी लकडाउन भएको अवस्थाको कार्यान्वयनमा समेत गाउँपालिकाले चासो देखाएको छ । अति समस्यामा परेकालाई तत्काल एम्बुलेन्स लगायतका सवारीसाधनको प्रयोग गरी स्वास्थ्य संस्थासम्म पु¥र्याउने ब्यवस्था मिलाइएको छ ।

Sat Prasad Roka
38 mins

कोरना भाईरस रोग हाम्रो भूमिमा श्रृजित रोग होईन यो कुरा सबैलाई थाहा भएकै हो त्यसैले विदेशबाट गाउँमा भित्रिने नागरिकमा यों रोग लागेको छ भने परिवार समाज हुँदै सर्वत्र फैलने हो त्यसैले मंगला गा पा को कुनै वस्तिमा हालसालै १५ दिन ननाघेको कुनै नागरिक विदेशबाट आउनुभएको छ भने तुरुन्त मेरो मो नं ९८०८८८४१२९ मा सम्पर्क गर्नुहोला साथै सही सूचना दिएमा रु १०००। रुपैयाँ पुरस्कार पनि प्राप्त गर्नुहुनेछ। विश्वभर महामारिको रुपमा फैलिएको कोरना भाईरसबाट आफू पन बचौं अरुलाई पनि बचाऔं । यो हामी सबै असल नागरिकको दायित्व पनि हो ।

Leave a Reply