बेनीका समाजसेवी नैनकुमार श्रेष्ठले आफ्नो घरमा भाडामा बस्नेहरुका लागि तत्काल आधा महिनाको भाडा नलिने घोषणा गर्नुभएको छ ।

कोरोना भाइरस (कोभिड(१९)को त्रासले कोठा भाडामा बस्ने र सटरमा ब्यवसाय गर्नेहरु घरमा गएको अवस्थामा सबै मिलेर कोरोनाबिरुद्ध लड्नका लागी इन्द्रेणी टोल र मंगलाघाटमा रहेको घरमा बस्ने ९ जनालाई चैत्र महिनाको आधा अर्थात १७ हजार ७ सय छुट दिएको श्रेष्ठले बताउनुभयो ।

‘मानवीय सेवामै सक्रिय छु, यो अवस्थामा घरमै बस्नेहरुलाई सहयोग गर्नुपर्ने अवस्था आएको छ’ ज्येष्ठ नागरिक समाज म्याग्दीमा अध्यक्ष समेत रहेका श्रेष्ठले भन्नुभयो ।

उहाँले कोरोना भाइरसको जोखिमलाई हेरेर भविस्यमा थप निर्णय गर्न सक्ने बताउनुभयो । उहाँले घरमा बस्ने भाडावाला र घरधनी बिचको सम्बन्ध राम्रो भएमात्रै त्यसले समाजमा समेत राम्रो सन्देश प्रवाह गर्ने बताउँदै अत्यावश्यक बाहेक सबै सेवा बन्द गर्न आग्रह गरे ।

श्रेष्ठले आर्थिक, शैक्षिक, धार्मिक र सामाजिक क्षेत्रका गरी विभिन्न १० वटा संस्थामा संलग्न रही सक्रिय श्रेष्ठ उदाहरणीय मात्र होइन, सामाजिक क्षेत्रका अभियन्ता हुनुहुन्छ ।

म्याग्दी उद्योग वाणिज्य संघका मानार्थ सदस्यसमेत रहेका श्रेष्ठले कोरोनाको जोखिममा रहेका ज्येष्ठ नागरिकलाई आवश्यकता अनुसार सहयोग गर्न समेत स्थानीय सरकारलाई अनुरोध गर्नुभएको छ ।

Leave a Reply