पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६ दरबाङमा अवस्थित प्राथमिक उपचार केन्द्रमा बिरामीलाई चेक गर्दा चिकित्सकले लगाउने पीपीई (पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट) लगायतका चिकित्सा सामग्रीको सेट छैन्।

मंगला, मालिका र धवलागिरी गाउँपालिकाका विरामी उपचारमा आउने केन्द्रमा चिकित्सकको सुरक्षाका लागी आवश्यक पर्ने न्यूनतम साम्रागीको समेत अभावले उपचारमा समस्या भइरहेको केन्द्रका प्रमुख डा. तिलक गौतमले बताउनुभयो। ‘विदेशबाट आएका बिरामीको उपचारमा जोखिम मोल्नुपर्छ,‘जर्हा सोधेपनि छैन भन्ने जवाफ मात्रै आउँछ’ गौतमले भन्नुभयो।

दैनिक १५ देखि २० जना बिरामीमा ७ जनाको हाराहारीमा रुघाखोकी, ज्वरोका बिरामी हुने गरेको डा. गौतमको भनाई छ।कोरोना भाइरसको आशंकामा आउने बिरामीलाई स्वास्थयकर्मीले टाढाबाटै औषधी दिएर फर्काउनुपर्ने बाध्यता रहेको स्वास्थ्यकर्मीको भनाई छ। प्राथमिक स्वास्थ्य केन्द्रमा मालिका बाहेक मंगलको अर्मन, धवलागिरी गाउँपालिका र छिमेकी बागलुङ जिल्लाको तमान, लाम्मेला लगायतका क्षेत्रबाट समेत बिरामी आउने गरेका छन् ।

जिल्लामा कोरोना भाइरसको संक्रमणको जोखिममा स्वास्थ्यकर्मीले विरामीको उपचारमा आवश्यक पीपीई पोशाकको आवश्यक करिब डेढ सय भएपनि बेनी अस्पतालमा जम्मा २१ वटा छन्। एक दिन प्रयोग गरेको पोशाक दुई दिनसम्म लगाउन मिल्दैन् ।

अस्पतालले फिबर क्लिनिकमा दैनिक ७ वटा पीपीईको प्रयोग गरिरहेको अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कुटवालले बताउनुभयो।‘अस्पतालमा करिब ६० वटा आवश्यक पर्छ,‘यो पुरा गर्ने तयारीमा छौ’ अध्यक्ष कटुवालले भन्नुभयो ।

जिल्लाका सबै स्थानीय तहमा रहेका स्वास्थ्य चौकीममा प्रति स्वास्थ्यचौकी २ वटाको दरले पीपीई सेट आवश्यक रहेको छ। म्याग्दीमा स्थानीय तहमा ३९ वटा स्वास्थ्य चौकी र करिव १५ भन्दा धेरै प्राथमिक उपचार केन्द्र छन् । जिल्लाभित्र विश्व स्वास्थ्य संगठनले तोकेको न्यूनतम मापदण्ड कार्यान्वनका लागि समेत करिव १ सय ५० को हाराहारीमा पीपीई चाहिन्छ ।

त्यस्तै एम्बुलेन्स चालकले समेत पीपीई नभई बिरामी नबोक्ने अडान गरेपछि अलपत्र परेका बिरामीलाई ल्याउन समेत थप १० वटाको हाराहारीमा ड्रेस चाहिने बेनी अस्पतालका चिकित्सकको भनाई छ । ‘पीपीई बिना स्वास्थ्कर्मीलाई चेकजाँचमा र्फोस गर्न सकिदैन्,‘यो पोशाक ग्रामिण क्षेत्रसम्म पुग्नुपर्छ’ बेनी अस्पतालका क्लिनिकल कोअर्डिनेटर डा. नवराज बस्ताकोटीले भन्नुभयो ।

उहाँले कोरोना संक्रमणको जोखिममा रहेका बिरामीको उपचारमा संलग्न हुन पीपीई पोशाक अनिवार्य रहेको बताउनुभयो । एकदुई दिनमा पीपीई सेट, मास्क र अन्य उपकरण उपलब्ध गराउन नसके बिरामी जाँच गर्न समस्या हुने स्वास्थकर्मीको भनाई छ । यसैबीच रघुगंगा, अन्नपूर्ण, मालिकाले पीपीई पोशाक मगाएको जनाएका छन् भने बेनी अस्पतालले समेत थप गर्ने निर्णय गरेको छ ।

Leave a Reply