कोरोना भाइरसको संक्रमण फैलिएसँगै गण्डकी प्रदेशको निर्देशनमा बेनी अस्पतालले बहिरंग विभाग (ओपीडी) सेवा बन्द भएपछि नियमित चेकजाँचका लागी आउनुपर्ने गर्भवती महिला आउन छाडेको भन्दै चिकित्सकले चिन्ता ब्यक्त गरेका छन् ।

कोरोना भाइरसको जोखिमलाई मध्यनजर गरी ओपीडी सेवा बन्द गरिएको अवस्थामा बिरामीलाई इमरजेन्सी सेवा बाहेक अन्य सबै सेवा बन्द गरिएको भन्दै धमाधम जोखिम मोलेर निजी क्लिनिक वा घरमै बस्न थालेपछि अस्पतालमा अनिवार्य चेकजाँच गर्नुपर्ने गर्भवती महिना आउन छोडेको अस्पतालका क्लिनिकल कोअर्डिनेटर डा. नवराज बस्ताकोटीले बताउनुभयो।

‘उहाँहरूलाई दिइएको सेवालाई नियमित गरिएको छ,‘कुनैपनि बेला सेवा दिन तयार छौ’ डा. बस्ताकोटीले भन्नुभयो।स्वास्थ्यकर्मी सहितको टोली कोरोना बिरुद्धको फिबर क्लिनिका ब्यस्त भएपनि महिला तथा बालबालिकालाई दिइने सेवाहरु बन्द नभएको डा. बस्ताकोटीको भनाई छ।

अस्पतालमा सेबा बन्द छ भन्दै जोखिम मोलेर अन्य संघसंस्थामा जाने, यातायातका साधन सञ्चालन छैन भनेर घरमै सुत्केरी हुँदा आमा–बच्चाको स्वास्थ्य खतरा हुन सक्ने भन्दै सुरक्षित प्रसूतिका लागि अस्पतालमै आउन समेत अनुरोध गरिएको छ ।

म्याग्दी लकडाउन हुनु अगाडी दैनिक ३ देखि ५ जना महिलाले प्रसूति गराउने गरेकोमा पछिल्लो दुई दिन यता एकजना आउने गरेकोमा जोखिम मोलेर निजी तथा घरमै सुत्केरी भएको हुनसक्ने भन्दै चिकित्सकले चिन्ता ब्यक्त गरेका छन् ।

अस्पतालमा शल्यक्रिया मार्फत सुत्केरी गराउने सेवा समेत भएकाले गर्भवती महिलालाई समस्या परेमा एम्बुलेन्समार्फत समेत ल्याउने ब्यवस्था मिलाइएको अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो ।

गर्भावस्थामा नियमित परीक्षण, गर्भवती महिलाले स्वास्थ्यको अवस्था तथा पाठेघरमा हुर्कदै गरेको शिशुको अवस्था जानकारी प्राप्त गर्नका लागि तथा अन्य जटिल समस्या भएमा तुरुन्तै सम्पर्क गर्न समेत अनुरोध गरिएको छ । गर्भवती महिलाले कम्तीमा चार पटक र आवश्यकता अनुसार स्वास्थ्य संस्थामा गई जाँच गराउनु पर्दछ ।

 

Leave a Reply