बागलुङका एक पुरुषको (कोभिड–१९) कोरोना भाइरस परीक्षणमा नेगेटिभ रिपोर्ट आएको छ । धौलागिरी अञ्चल अस्पताल बागलुङले सोमबार पठाएको नमुना परीक्षणको रिपोट नेगेटिभ आएको अस्पतालका सूचना अधिकृत तिर्थराज गौतमले जानकारी दिनुभयो ।
सोमबार अस्पतालमा उपचारको लागि आएका बानपा–७ निवासी एक पुरुषमा संक्रमण भए÷नभएको भन्दै परीक्षण गर्दा उनी सुरक्षित देखिएका हुन् ।

भारतको पटनाबाट केहि दिन अगाडी घर आएका उनलाई खोकी लागेपछि उपचारको लागि अस्पताल आएका थिए । उनलाई अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरि नमुना परीक्षणको पठाईएको थियो । ज्वरो नदेखिएपनि उनी भारतदेखि आएको कारणले नमुना परीक्षणको लागि पठाइएको अस्पताल स्रोतले जनाएको थियो ।

यस्तै बागलुङदेखि हिजो (बुधबार) एक जना महिलाको स्वाब परीक्षणको लागि पठाइएको छ। फ्रान्सदेखि कतार हुँदै नेपाल आएकी १९ बर्षिय महिलामा कोरोना संक्रमण देखिएपछि उनीसँगै आएकी बागलुङ नगरपालिका–४ की महिलाको परीक्षणको लागि नमुना पठाइएको छ । उक्त नमुनाको रिपोर्ट भोलीसम्म आउने अस्पतालले जनाएको छ ।

Leave a Reply