अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

एक्कासी आकाशमा देखियो चम्किलो बस्तु

On: March 26, 2020 8:57 PM
Follow Us:
---Advertisement---

बिहिबार राती आकाशमा धूवाँको मुस्लो सहित अनौठो आवाज सुनिएको छ । अन्दाजी राती ८ बजेर ९ मिनेट जाँदा म्याग्दीको सदरमुका बेनी तथा छिमेकी जलजला गाउँपालिका क्षेत्रमा करिव २ सेकेन्ड जती निलो आकारको धूँवा देखिएको साढे १ मिनेटपछि चर्को आवाज आएको जलजला गाउँपालिका–८ नांगीबाङका यूवा रमेश रेग्मी क्षेत्रीले बेनीअनलाइनलाई बताए ।

‘अनौठो धुँवा देखियो,‘केही समय लगत्तै चर्को आवाज आयो’ रेग्मीले भने । उनले आकाशमा देखिएको धुँवा र आवाज पोखरामा समेत देखिएको जानकारी पाएको बताए। त्यस्तै जलजला गाउँपालिका धाईरिङकै राजु आचार्यले समेत धुँवा र आवाज सुनिएको बताए । सामाजिक सञ्जालमा आकाशमा उज्यालो हुने गरी देखिएको धुुँवा र आवाजका बारेमा धेरैले लेखेका छन् । पूर्वबाट उत्तरतर्फ गइरहेको थियो । अनौठो बस्तुका बारेमा आधिकारिक जानकारी प्राप्त हुन सकेको छैन् ।

हरिकृष्ण गौतम

हरिकृष्ण गौतम बेनीअनलाइनका संस्थापक सदस्य हुनुहुन्छ।