---Advertisement---

अनौठो बस्तु नभई उल्का पिण्ड विस्फोट भएको होः नासो अध्यक्ष भट्टराई

On: March 26, 2020 10:40 PM
Follow Us:

गण्डकी प्रदेशका विभिन्न जिल्लामा चम्किलो तारासँगै कुनै अनौठो बस्तु नभई उल्का पिण्ड विस्फोट भएको नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) ले जनाएको छ ।

बिहिबार राती करिव ८ बजेर ९ मिनेटमा अचानक चारैतिर उज्यालो सहित ठूलो आवाज आएको जानकारीले नै उल्का भएको नासोका अध्यक्ष सुरेश भट्टराईले बेनीअनलाइनलाई बताउनुभयो। ‘खसेलगत्तै हामीलाई धेरै गण्डकी प्रदेशबाटै जानकारी आइरहेको छ,‘यसबारेमा थप तथ्य खोजीरहेका छौ’ भट्टराईले भन्नुभयो ।

सामाजिक सञ्जालमा देखिएका पोष्ट र प्राप्त जानकारी अनुसार गण्डकी प्रदेश भित्रका जिल्लाहरुमा धेरैले देखेकाले थप जानकारी लिइरहेको बताउनुभयो। उहाँका अनुसार सन् २०१३ मा रसिया समेत खसेको थियो ।

सामाजिक सञ्जालमा ब्यक्त भएका बिचारको आधारमा अनुसन्धान नभई त्यहाँ प्रस्तुत भएका अनुभवहरुलाई भने अनुसन्धानमा जोड्न सकिने उहाँले बताउनुभयो ।

उल्कापिण्डले मानब बस्तीले अवलोकन गर्न तर मानव वस्तीभन्दा धेरै टाढा खस्दा खासै समस्या नहुने भएकाले त्रसित हुनुपर्ने अवस्था नभएको अध्यक्ष भट्टराईको भनाई छ ।साना–साना उल्कापिण्डले मानबस्तीमा खासै असर नगर्ने भएपनि मानिस त्रसित हुने गरेको बताउँदै मानबस्तीमै खसेमा जोखिम रहेको उहाँको भनाई छ ।

बिहिबार राती खसेको उल्काको बारेमा थप तथ्यहरू संकलन गर्ने नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) ले जनाएको छ । नेपालभरी रहेका नासोका स्वयंमसेवकहरुमार्फत थप बुझ्ने प्रयास भइरहेको अध्यक्ष भट्टराईको भनाई छ ।

थप जानकारी लिन चाहनुहुन्छ भने नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) का अध्यक्ष सुरेश भट्टराईलाई ९८४३७०८२४८ मा सम्पर्क गर्न सक्नुहुने छ ।

हरिकृष्ण गौतम

हरिकृष्ण गौतम बेनीअनलाइनका संस्थापक सदस्य हुनुहुन्छ।