अनेकानेक समाचारहरु आइरहेका छन्, विश्वभरमा संक्रमितकको संख्या झण्डै पाँचलाख वत्तिसहजार पुगीसकेको छ भने २४०७१ मृत्यू भइसकेको छ, नेपालमा संक्रमण फैलने क्रममा छ तर आम नागरीकहरुले यसलाई पुरै वेवास्तागरेको देखिएको छ, लकडाउनलाई कुनै राजनितिक दलको वन्द आवहानजस्तो गरी वुझेको देखिएको छ, नवुझेरै वाहिर निस्कनेलाई सम्झाउन रवुझेरै वुझ पचाउनेहरु लाई सख्त कार्वाही गर्न आवस्यक देखिएको छ ।

वजार क्षेत्रमा प्रहरी प्रशासन आदिका कारणले केही लकडाउनको पालना भएको देखिएको भएतापनी सवै स्थानिय तहका ग्रामिण क्षेत्रमा यसको कुनै प्रभाव नरहेको, आ–आफ्ना नियमित कामकाजमा रहेको, न्यूनतम सुरक्षाका मापदण्ड समेत नअपनाएको पाइएको छ, यसको लागी प्रशासन, स्थानिय तह ले चुस्त कार्ययोजना ल्याउन अवेला भइसक्यो की । प्रशासन वाट स्पष्ट निर्देशन र वडाकार्यालयहरु मार्फत कडा अनुगमन र आवश्यक परेमा सुविधा रोक्न सकिने सूचना जारी गर्नुपर्नै समेतका काम गर्न ढिला भयो की ।

ग्रामिण इलाका वढी भएको हाम्रो मुलुकमा वैदेशिक रोजगारवाट फर्केकाहरु गाऊँ पुग्ने र निर्वाध घुम्ने, त्यही लकडाउनको पालना नगर्ने गर्दा यसको दिर्घकालिन असर देखिन सक्ने भएकोले सवैजनालाई वेलैमा सचेत हुन÷गराउन कानुनि अधिकारको प्रयोग समेत गर्नु आवश्यक देखिएको छ ।
हरिप्रसाद पौडेल
वेनी, ९८५७६२१५९२
२०७६ चैत्र १४ गते विहान

Leave a Reply