अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

सूर्य वरिपरि देखियो अनौठो दृष्य, के भन्छन् नासो अध्यक्ष भट्टराई ?

On: March 27, 2020 12:22 PM
Follow Us:
---Advertisement---

बिहिबार राती आकाशमा उल्का पिण्ड विस्फोट भएको देखेका सर्वसाधारणले शुक्रबार दिउँसो आकाशतिर हेर्दा सूर्य वरिपरि अनौठो दृश्य देखे। सूर्यलाई घेरेको देखेका अनौठो दृश्यले बिहिबार अनौठो रंगसँगै चम्किलो बस्तु विस्फोट भएजस्तै सामाजिक सञ्जालमा सेयर गदैं जिज्ञासा समेत ब्यक्त गरेका छन्। कोरोना भाइरसको संक्रमणको जोखिमले घरमै बसेकाहरुले घरबाट सूर्यको तस्वीर खिचेर सामाजिक सञ्जालमा हालेका छन् । चैत्र महिनामा समेत प्रतिकुल मौषमका कारण साँझ बर्षा हुने र हावाहुरीले समेत त्रसित बनेको अवस्थामा शुक्रबार प्रचण्ड गर्मीसँगै सूर्य परिवरि घेरेर बैठक नै बसेजस्तो देखिएको दृष्य अनौठो मात्रै छैन् चक्रको आसपासमा इन्द्रेणीजस्तो समेत देखिन्छ। म्याग्दीका कोरियन भाषा प्रशिक्षक अर्जुन भण्डारीले बेनीअनलाइनलाई उक्त भिडियो र तस्वीर पठाउँदै गाृउँबाट देखिएको दृश्यको कारण र असरबारे जिज्ञासा राखिरहेका छन्।‘मैले पहिलोपटक यस्तो देखे,‘यसले असर गर्छ होला’ भण्डारीले भने । भण्डारीसँगै केहीले १० बर्ष अगाडी समेत यस्तै दृष्य देखेको बताइरहेका छन् ।यस विषयमा बेनीअनलाइनले नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) का अध्यक्ष सुरेश भट्टराईलाई जिज्ञासा राख्दा लकडाउनले मान्छेलाई अन्य क्षेत्रमा पनि सोच्न बाध्य बनाएको भन्दै ठट्टा प्रस्तुत गदैं सूर्य वरिपरि देखिएको दृश्य ‘सोलार होलो’ भएको बताए ।

‘वायुमण्डलमा तापक्रम घटबढ हुँदा कहिलेकाही यस्तो देखिन्छ, यसले असर गदैन्’ भट्टराईले भने । उनले खगोलीय घटनाभन्दा पनि मौसमसँग सम्बन्धित घटना भएकाले केही समयमात्रै देखिने बताए।

उनले यस्तो दृष्य सूर्यमा नभई बादल आसपासमामा हुने बताए । पृथ्वीबाट हेर्दा सूर्यमा चक्र बनेको जस्तो देखिएको बताउँदै नेपालीमा सुर्य सभा भनेर समेत नामकारण गरिएको बताए । उनले मान्छेले फुसर्दमा यस्तो हेर्दा अचम्म मान्ने गरेको बताउँदै दृश्य मनोरम र रमाइलो लिन सकिने बताए ।
तस्वीर सौजन्य अर्जुन भण्डारी

हरिकृष्ण गौतम

हरिकृष्ण गौतम बेनीअनलाइनका संस्थापक सदस्य हुनुहुन्छ।