वरीपरि मास्क लगाएका बुढापाका र तन्नेरी छन् । हात र भुईमा तास छ, एक बुक ताससँगै केही पैसा पनि देखिन्छ । सामाजिक सञ्जालमा भइरल भएको उक्त तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बच्नका लागि नेपाल सरकारले उच्च सतर्कता अपनाइएको अवस्थामा सहरबजार देखि ग्रामिण क्षेत्रसम्म निषेधाज्ञाको उल्लंघन भइरहेको छ ।

सार्वजनिक सूचना जारी गरी निषेधाज्ञाको समय तोकेर अति आवश्यक कामबाहेक सर्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाइएको अवस्थामा जमघट हुने, लुकेर तास खेलिरहेको देखिन्छ।

बजार क्षेत्रमा सुरक्षाकर्र्मीको बाख्लो उपस्थिती हुने गरेपनि ग्रामिण क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिती न्यून हुने गरेकाले विदेशबाट आएकाहरुसँग भेटघाट गर्ने, विहानदेखि बेलुकीसम्म जमघट हुने, रमाईलो गर्ने, मैदानमा खेल खेल्ने जस्ता गतिविधिहरु भइरहेका छन् ।

‘गाउँमा लकडाउनको कार्यान्वयन फितलो देखियो,‘यूवाहरु नै खेलकुदमा रमाइरहेका छन्’ मालिका गाउँपालिकाकी उपाध्यक्ष खरमायाँ विटालुले भनिन्।गाउँघरम देखिएको चहलपहलले थप नयाँ योजना सहित अगाडी बढ्नुपर्ने अवस्था आएको उनको भनाई छ।

गाउँपालिका भित्रका बस्तीहरुमा अनुगमनको क्रममा बालबालिका देखि यूवाहरु घर बाहिर भेटिने गरेको बताउँदै कडा नियम बनाउनुपर्ने अवस्था आएको जनप्रतिनिधिको भनाई छ । जिल्लाका सबै स्थानीय तहमा स्थानीय जनप्रतिनिधिको निर्देशन खासै कार्यान्वयन भएको देखिएको छैन् ।

गाउँमा मेला नै छ

डाँडैमा मेला लागेछ
……..ले बोलाइरहेछ

२०५० सालमा अत्यन्तै चर्चा पाएको ‘स्कार्ई ब्यान्ड’ को गीत हो यो। करिब डेढ दशक यो गीतले निकै चर्चा पायो । यो गीत अहिले गाउँघरमा सुनिदैन् । तर, यो गीतको भाव गाउँघरमा मेलामा रमाइलो गर्ने, मायाँप्रेमसँग सम्बन्धित छ । तर, अहिलेको अवस्थामा म्याग्दीमा कोरोना भाइरसको संक्रमण रोक्न भइरहेका प्रयासहरुलाई ग्रामिण क्षेत्रमा अटेरी गरी मेलाजस्तै बनाएका छन् ।
गाउँ फर्किएका मानिसहरु अहिले कोही आ–आफ्नो घर तथा खेतबारीको काममा लाग्ने मात्रै होईन यूवाहरुले सामुह बनाएर खेलकुद गतिविधि नै सञ्चालन गरिरहेका छन् ।खेलकुद गतिविधिबाट जोखिमको सम्भावना उच्च हुने उदाहरण इटाली नै छ । त्यहाँ फुटबल खेलमा सहभागी र हेर्न गएकाहरुबाटै धेरैले ज्यान गुमाएका छन् ।

जिल्लाको ग्रामिण क्षेत्रमा लकडाउनपछि पनि भलिबल खेलहरु खेल्ने गरिएका तस्वीरहरु सामाजिक सञ्जालमा देखिन्छ ।

लामो समयपछि गाउँ फर्किएका उनीहरु साथीभाइहरुसँग भेटघाट तथा रमाइलो गर्ने भए पनि कोरोनाको जोखिम उच्च रहेकाले सम्बन्धित स्थानीय तहले समूहमा हिँड्डुल नगर्न र आवश्यक सुरक्षा सतर्कता अपनाउन आग्रहलाई कार्यान्वनमा चुनौती दिने प्रयास गरिएकाले थप कदम चाल्ने प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताए।‘विश्वमा संक्रमणको जोखिमलाई हेल्चेक्राई गर्दा ठूलो क्षती भइरहेको छ,‘म्याग्दी पनि जोखिममा छ,‘हामीले विदेशबाट आएकालाई अनिवार्य क्वारेन्टाइनमा राख्ने निर्णय गरेका छौ’ प्रजिअ ढकालले भने ।उनले हरेक बस्तीसम्म सुरक्षाकर्मी पुग्न नसक्ने भएकाले स्थानीय जनप्रतिनिधिले नै त्यहाँको अवस्थालाई निगरानी राख्नुपर्ने बताए । उनले जिल्लामा मोवाईल गस्तीको योजना बनाएको बताए ।

नेपालमा शुक्रबार समेत विदेशबाटै आएकालाई कोरोना भाइसरको संक्रमण देखिएकाले छिमेकी राष्ट्र भारतदेखि तेस्रो मुलुकबाट धमाधम गाउँमा प्रवेश गरेकाले जोखिमको सम्भावना उच्च रहेको चिकित्सकको भनाई छ ।

Leave a Reply