---Advertisement---

लायन्स क्लवले मजदुरको परिवारलाई खाद्यान्न सहयोग

On: March 28, 2020 12:41 PM
Follow Us:

कोरोना भाइरस (कोभिड–१९) को महामारीले दैनिक ज्यालामजदुरी गरेर जीविकोपार्जन गर्ने र आर्थिक अवस्था कमजोर भएकालाई लायन्स क्लब अफ बेनी मल्लाजले खाद्यान्न सहयोग गरेको छ ।

लकडाउनका समयमा दैनिक गुजारा चलाउन समेत कठिनाई भोगेका जलजला गाउँपालिका–३ पर्वत बेनीका गोपाल नेपाली र लालबिर नेपाली(पचौरे) को परिवार लाई लायन्स क्लव अफ बेनि मल्लाजले प्रहरी चौकी वारिबेनीका इन्चार्ज भरत गौतम नेतृत्वको सुरक्षाकर्मीको उपस्थितीमा २ सातालाई पुग्ने खाध्यान्न सामाग्री सहयोग गरेको सचिव दल बहादुर जिसी (शिव)ले जानकारी दिनुभयो ।दैनिक ज्यालादारी मजदूरहरुको अवस्था दयनीय बन्दै जान थालेपछि भोकभोकै पर्ने अवस्थालाई मध्यनजर गरी चामल, आलु, नुन, खुर्सानी, बेसार, चिउरा, भुजा, चिनी लगायतका खाद्य सामाग्री सहयोग गरिएको क्लबका अध्यक्ष दिनेश बानियाँले जानकारी बताउनुभयो ।

कार्यक्रममा पुर्ब अध्यक्ष तथा जोन चेयर पर्सन दिलिप कुमार बरुवाल, निबर्तमान अध्यक्ष श्रीलाल चापागाईं, प्रथम उपाध्यक्ष बलिभद्र कँडेल (राजु), द्धितिय उपाध्यक्ष बिक्रम सुबेदी , कोषाध्यक्ष चन्द्र बहादुर क्षेत्री (बाबू), सदस्य गोर्ख बहादुर जिसि लगायतको उपस्थितिमा सामाग्री वितरण गरिएको थियो ।

हरिकृष्ण गौतम

हरिकृष्ण गौतम बेनीअनलाइनका संस्थापक सदस्य हुनुहुन्छ।