बेल्जियमबाट नेपाल आएकी बागलुङकी एक युवतीमा कोरोना भाइरस (कोभिड(१९) संक्रमण पुष्टी भएसँगै यूवतीको ट्राभल्ल हिस्ट्रीको खोजी सुरु भएको छ। युरोपबाट फर्किएकी १९ वर्षीया युवतीमा संक्रमण पुष्टि भएको पत्रकार सम्मेलनमार्फत जानकारी दिएलगत्तै बागलुङमा आवश्यक खोजीकार्य सुरु भएको बाग्लुङ नगरपालिकाका मेयर जनकराज पौडेलले बताउनुभयो।

‘ज्वरो आएपछि उनी धौलागिरि अञ्चल अस्पतालमा जचाएकी थिईन्,‘उनी काठमाण्डौबाट आएको देखिन्छ’ पौडेलले भन्नुभयो । बागलुङ नगरपालिकामा रहेको युवतीलाई पनि धौलागिरी अस्पतालमा नमुना संकलन गर्ने क्रममा आफुँ विदेशबाट आएको जानकारी नदिएको बताइएको छ ।

युवती चैत ४ गते नै कतार एयरवेजको ‘क्यूआर ६५२’ विमानबाट कतारको दोहा हुँदै काठमाडौं आएको अर्को दिन युवती अर्को दिन माइक्रो चढेर घर कुँडुले पुगेकी थिईन्। कुँडुले म्याग्दीको बेनी नगरपालिका वडा नं १ रत्नेचौरसँग सिमाना जोडिएको छ। घर गएको २–३ दिनपछि उनलाई ज्वरो आएको थियो।

बागलुङ अस्पतालमा चिकित्सकहरूले सामान्य ज्वरो आएको भन्दै घर पठाइदिए। चार दिनअघि परीक्षणका लागि स्वाब पठाइएकी युवती अहिले पनि घरमै रहेको मेयर पौडेलले जानकारी दिनुभयो । मेयर पौडेलले सर्तक हुन अनुरोध गदैं अनावश्यक त्रसित नहुन समेत अपिल गर्नुभएको छ ।

उहाँले थप उपचारका लागी धौलागिरी अस्पताल, पोखरा वा काठमाण्डौ लैजाने भन्ने बारेमा थप छलफल हुने बताउनुभयो । यसैबीच यूवतीको नेपाल आएपछिको भेटघाट सहितको ट्राझल हिस्टीका बारेमा समेत खोजी सुरु भएको छ । उनी घरमा होम क्वारेन्टाइनमा बसेकी थिईन् ।

Leave a Reply