आमा बुवालाई भेट गरी बेल्जियमबाट घर फर्केकी बागलुङकी एक किशोरीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । युरोपबाट फर्किएकी १९ वर्षीया युवतीमा संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा कोभिड १९ बाट संक्रमितको संख्या औपचारिक रुपमा पाँच पुगेको छ । संक्रमित युवती दुई महिना अघि मात्रै बेज्जियममा रहेको आमा बुवा भेटको लागी गएकी थिईन।

हालसम्म संक्रमति मध्ये एक निको भएर घर गइसकेकी छन् भने दुई जनाको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र एकको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।अहिले संक्रमण देखिएकी किशोरी चैत ४ गते नै कतारकतार एयरवेजको ‘क्यूआर ६५२’ विमानबाट नेपाल आएकी थिइन् ।

त्यही विमानमा आएकी १९ वर्षीया युवतीमा कोरोना भाइरसको संक्रमण भएको १० चैतमा पुष्टि भएको थियो । त्यसपछि विमानमा सवार १५८ यात्रुको खोजी थालिएको थियो ।

बागलुङ नगरपालिका–४ कुँडुलेमा रहेको आफ्नै घरमा रहेकी युवतीकोे धौलागिरी अस्पतालमा नमुना संकलन गरिएको थियो । युवतीको हालको स्वास्थ्य अवस्था सामान्य रहेकोले तत्काल सघन उपचार कक्ष (आईसियु) मा राखेर उपचार गर्नुपर्ने अवस्था नरहेको धौलागिरी अंचल अस्पतालका निमित्त मेडिकल सुपेरिटेन्डेन डा. शैलेन्द्र वि. पोख्रेलले जानकारी दिए ।

विरामीलाई ज्वरो, खोकी छैन, श्वास प्रश्वासमा पनि समस्या देखिन्न डा. विकले भने–‘होम आईसोलेसन’मा राखेर उपचार गर्ने विषयमा छलफल भैरहेको छ । अन्य ठाउँमा पनि विरामीको अवस्था जटिल नहुँदा घरमै उपचार गर्ने अभ्यास रहेको डा. विकको भनाई छ ।

विरामीलाई घर बाहिर निकाल्द समुदायमा संक्रमणको सम्भावना बढ्ने हुँदा घरमै उपचारको व्यवस्था गर्ने उनको भनाई छ ।किशोरी घर फर्कनु १ महिना अगाडी उनका बाबा घर फर्केका थिए । ४ गते उताबाट कतारको दोहा हुँदै काठमाडौं आएकी थिइन् ।

त्यही दिन दिउँसोको फ्लाइटमा छोरी काठमाडौंबाट पोखरा आइन् । अनि त्यहाँबाट भने जीप रिजर्भ गरेर घर आइपुगिन् ।घर आएको केहि दिनमा ज्वरो आएपछि ११ गते धौलागिरी अञ्चल अस्पताललाई खबर गरिए पनि पिपिइको अभावको कारण १२ गते विहान मात्र उनको स्वाब परीक्षणको लागि निकालिएको थियो ।

संक्रमण देखिएकी युवतीको घरमा उनका बाबासँगै हजुरबा र हजुरआमा रहेका छन्।उनीसँगै आएकी बानपा–३ की महिलामा कुनै लक्षण नदेखिएकोले अहिलेसम्म परीक्षण भएको छैन । उनलाई पनि होम क्वारेन्टाइनमै राखिएको छ । khabarway.com

Leave a Reply