बागलुङकी कोरोना संक्रमितले दिएको चक्लेट खाएका बेनी नगरपालिका–६ छापाका एक यूवा सहित परिवारलाई नै होम क्वारेन्टाइनमा राखिएको छ ।

शनिबार यूरोपको बेल्जियमबाट फर्किएकी बागलुङ नगरपालिका–४ कुडुलेकी युवतीमा संक्रमण पुष्टि भएपछि मामा घरमा गएको बेलामा संक्रमितले दिएको चक्लेट खाएका यूवालाई घरमै क्वारेन्टाइनमा राखिएको छापाका यूवा भुपेन बानियाँले बताउनुभयो ।

‘यूवतीले दिएको चक्लेट मामाको छोरीमार्फत खाएको जानकारी पाइएको छ,‘परिवारका सबैलाई क्वारेन्टाइनमा राखिएको छ’ बानियाँले भन्नुभयो ।छापाका यूवा चैत्र १० गते कुडुले मामा घरमा गएको बेलामा संक्रमितले यूवाको मामाको छोरीलाई दिएको चक्लेट उनले समेत खाएको एक्सन टिमका सदस्य सुरत केसीले बेनीअनलाइनलाई बताउनुभयो ।

‘त्रसित हुनुपर्ने अवस्था छैन्,‘कुनै समस्या पनि छैन्, सर्तकताका लागी क्वारेन्टाइनमा राखिएको छ’ केसीले भन्नुभयो । यूवाले सिधै चक्लेट नखाएपनि संक्रमितले मामाको छोरीलाई दिएको चक्लेट खाएकाले जोखिमलाई मध्यनजर गरी सोमबार बेनीमा ल्याइने बताउनुभयो । यूवतीले चक्लेट दिएका सबैको खोजीगर्ने सुरु गरिएको छ । हाल उनको धौलागिरी अञ्चल अस्पतालमै उपचार भइरहेको छ ।

Leave a Reply