कोरोना भाइरसबाट बच्नको लागि म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा विपन्नलाई सावुन र मास्क वितरण गरिएको छ । स्थानीय धौलागिरी जन यूवा क्लव ताकमले साविकको ताकम गाविसको ३, ४, ५ र ६ वडाका विपन्नलाई नियमित हात धुन २ सय वटा डिटोल सावुनका साथै अनिवार्य मास्कको प्रयोग गर्न सहयोग गरेको स्थानीय यूवा गोपाल आचार्यले बताउनुभयो ।

ताकममा कोरोना भाइरसको जोखिमलाई मध्यनजर गरी क्लवले सामाजिक जनचेतनामुलक कार्यक्रमसँगै भिडभाडमा नबस्ने, अनावश्यक काममा आवतजावत नगर्ने लगायतका विभिन्न चेतनामुलक कार्यक्रम समेत गर्ने क्लवका अध्यक्ष अनिष भण्डारीले बताउनुभयो । क्लवले विपन्नलाई आवश्यकता परेमा थप सहयोग गर्न समेत तयार रहेको बताउँदै वडाभित्र सबै बस्तीमा अनिवार्य कोरोना भाइरसको जोखिमबाट जोगिन आवश्यक सर्तकता अपनाउन समेत अनुरोध गरेको छ । त्यस्तै विदेशबाट गाउँमा आएकालाई अनिवार्य क्वारेन्टाइनमा बस्न समेत अनुरोध गदैं आवश्यकता परेमा प्रहरी प्रशासनलाई सहयोग गर्ने प्रतिबद्धता समेत क्लवले गरेको छ ।

Leave a Reply