गीत तथा सङ्गीतले कस्को मन नजित्ला ? जीवनमा एकपटक भएपनि गीत नै नगाउने वा नगुनगुनाउने मानिस कोहीपनि हुँदैनन् । गाँस काट्दा होस् या मेलापात गर्दा होस् । जीवनका उकालीओराली वा कुनै न कुनै घुम्तिहरुमा भएपनि जानेर÷नजानेर, सम्झेर÷भुलेर भएपनि एक न एक पटक गीत गुनगुनाएकै हुन्छ ।

भनिन्छ जीवन नै सुर अनि लय हो । यतिमात्र फरक हुन्छ कि कसैले गीत तथा सङ्गीतलाई पेसा बनाएका हुन्छन् त कतिले रहर । गीत÷सङ्गीतको यही भीडमा ‘स्कुले माया’ नामक लोक दोहोरी गीत पनि थपिने भएको छ ।

‘स्कुले माया’लाई उदय भुषालले बजारमा ल्याउँदैछन् । उनको यो पहिलो गीत हो । प्लस टुमा अध्यनरत उनी सानैदेखि गीत÷सङ्गीतमा रुचि राख्थे । विभिन्न गायकहरुले गाएका गीतहरु गुनगुनाउथे, फलस्वरुप आज उनी आफ्नै स्वरमा दोहोरी गीत बजारमा ल्याउने तयारीमा छन् ।

उनलाई गायिका कुमारी पुनले साथ दिएकी छन् । प्लस टुमै अध्यनरत विरोश क्षेत्री र सुस्मिता किसान र उदयको अभिनयले सजिएको यस गीतको म्युजिक भिडियोको छायाङ्कन भुपेन बानियाँको र कोरियोग्राफी लव थापाको रहेको छ ।

म्याग्दीका विभिन्न स्थानहरुमा छायाङ्कन गरिएको यस गीतमा स्कुल पढ्दैगर्दा लाएको मायालाई उच्च शिक्षा प्राप्तगर्न शहर लागेपछिको विरानोपनलाई सरल शब्दहरुमा स्मरण गरिएको छ ।

हेमन्त कान्छाको लय तथा सङ्गीत, कुशल सर्जक घायलश्रीको शब्द तथा म्याग्दीका चर्चित लोक दोहोरी गायक तथा मोडल ध्रुव जिसीको निर्देशनमा तयार भएको ‘स्कुले माया’को भिडियो चैत्रको अन्तिम साता बजारमा आउने तयारी रहेको निर्देशक जिसीले बताए ।

Leave a Reply